काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ राखी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुर नगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय सुसन चौगुठी हो।
कार्यालयका अनुसार आरोपित चौगुठीले फेसबुकमार्फत युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे। रिक्वेस्ट आएपछि युवतीले एसेप्ट गर्थे र युवतीलाई नजिक बनाउन विभिन्न प्रलोभन देखाउँथे।
कुराकानीका क्रममा चौगुठीले युवतीलाई प्रेम जालमा पारी विभिन्न बहाना बनाएर पोर्न भिडिओ र फोटो लिँदै त्यसैको आडमा रकम माग गर्ने देखिएको प्रहरीले बतायो।
प्रहरीका अनुसार फोटो तथा भिडिओ पाइसकेपछि उनले युवतीलाई फोटो भिडिओ सार्वजनिक गर्ने धम्की दिएर रकम माग्ने गरेको र नदिए अश्लील फोटो फेसबुकमा राखिदिन्थे।
सुरुमा एक युवतीको उजुरीको आधारमा अनुसन्धान गर्दै गए पनि उनले त्यसरी छ जना युवतीको फोटो तथा भिडिओ लिएर बार्गेनिङ गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
पक्राउ परेका चौगाठीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा कारवाहीका जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।









प्रतिक्रिया दिनुहोस्