बाँकेमा सर्पले टोक्दा गर्भवती महिलाको मृत्यु



बाँके ।

सर्पको टोकाइबाट बाँकेको जानकी गाउँपालिकामा एक गर्भवती महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका– ५ की ३० वर्षीया सरिता चमारको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

गत मंगलबार राति सुतिरहेको अवस्थामा चमारलाई विषालु सर्पले थियो । बिहानमात्र सुतिरहेको अवस्थामा चमारलाई गम्भीर अवस्थामा देखेपछि परिवारका सदस्यले भेरी अस्पताल नेपालगन्ज पु¥याएका थिए ।

भेरीमै उपचारका क्रममा आइतबार राति उनको मृत्यु भएको अस्पतालका चिकित्सक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए । सर्पले खुट्टा टोकेपनि अस्पताल ल्याउन ढिलाई भएकोले चमारलाई लाखौ प्रयास गर्दा समेत बचाउन नसकेको डा. आचार्यले बताए ।

सर्पले टोकेका बिरामीहरुलाई जतीसक्दो छिटो अस्पताल पु¥याउन डा. आचार्यले आग्रह गरेका छन् । मृतक चमार स्थानीय श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँमा विद्यालय सहयोगी पदमा कार्यरत समेत थिइन् ।

प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार