सुर्खेत ।
वीरेन्द्रनगरबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–३ दैलेखका २७ वर्षीय हरि खत्री र २२ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।
खत्री क १ ख १० नम्बरको ट्रकको चालक हुन भने शाही भने सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दाङबाट सुर्खेततर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेक पोष्टबाट पक्राउ गरेको थियो ।
नियमित चेकिङमा खटिएको प्रहरी टोलीले शंका लागेपछि चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट १ पुडिया लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको सुर्खेत प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ ११ गते सोमबार









प्रतिक्रिया दिनुहोस्