ठूला दलहरु मात्रै होइन अन्य राजनीतिक दलहरु पनि संगठन बिस्तार अभियानमा सक्रियतापूर्वक लागेका छन् । चुनावमा मात्र व्यस्त हुने दलहरु अहिलेदेखि नै कार्यकर्ता माझ राजनीतिक एजेण्डा लिएर पुगिरहेका छन् ।
नेपालगन्ज ।
गत वर्ष भएका ठूला चुनावपछि सेलाएका राजनीतिक दलहरु यतिबेला कार्यकर्ता जगाउन शहरदेखि गाउँ धाइरहेका छन् ।
मुख्य दल नेपाली का“ग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) कार्यकर्ता जगाउन विभिन्न राजनीतिक कार्यक्रम लिएर शहरदेखि गाउँ पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाँकेले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गरेको छ ।
जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेले जिल्ला समितिको बैठक लगत्तै अभियान शहरदेखि गाउँ पुगेको बताए । अभियानले पार्टी रूपान्तरणमा सहयोग पुग्ने आशा व्यक्त गरिएको पाण्डे बताउँछन् । उक्त अभियानका लागि केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य, माओवादी केन्द्र बाँकेका इन्चार्ज लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी लगायतका केन्द्रिय सदस्य तथा प्रदेशका नेताहरू बाँकेमा खटिएका छन् ।
यसअघि बाँकेमा रहेका माओवादीका उच्च तहका नेताहरुलाई अभियानका लागि अन्य जिल्लाहरुमा खटाइएको छ । नेपाली कांग्रेसले हालै मात्र बिशेष आन्तरिक अभियान सञ्चालन गरेको छ । नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतेदेखि सुरु गरेको उक्त अभियान सञ्चालन गरेको जिल्ला सभापति नारायण गौडेलले बताए ।
२०८४ मा कांग्रेसलाई बलियो तागतका रुपमा स्थापित गर्न संगठन निर्माणमा जुट्नु अभियान सार्थक हुने गौडेलले जनाए । नेकपा एमालेले मिसन ग्रासरूट अभियान सम्पन्न गरिसकेको जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति बताउँछन् । अभियानले आफ्नो पार्टीलाई गाउँका जनतासम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको ठहर छ ।
अन्य राजनीतिक दलहरु पनि संगठन बिस्तार अभियानमा सक्रियतापूर्वक लागेका छन् । चुनावमा मात्र व्यस्त हुने दलहरु अहिलेदेखि नै कार्यकर्ता माझ राजनीतिक एजेण्डा लिएर पुगिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्