काममा फर्किए बाँसगढी नगरपालिकाका कर्मचारी



बाँसगढी ।

आन्दोलन फिर्ता लिएर बाँसगढी नगरपालिका कर्मचारीहरु मंगलबार दिउँसैबाट काममा फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलमाथि दुव्र्यवहार भएको भन्दै कर्मचारीहरु पेन डाउन गर्दै आन्दोलन उत्रिएका थिए ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आन्दोलन स्थगित गरेर मंगलबार दिउँसो १ बजेदेखि काममा फर्किएका हुन् । सोमबार दिउँसो कार्यालयमै एक समूहले प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथी हुलहुज्जत र दुव्र्यवहार गरेको कर्मचारीले दाबी गरेका छन् ।

सोहीको विरोधमा शान्ति सुरक्षाको व्यवस्था नहुदाँसम्म सम्पूर्ण कर्मचारीले अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह रोक्दै अनिश्चितकालीन कलम बन्दको घोषणा गरेका छन् । राजनीतिक दल तथा नगरबासीको आग्रहमा आन्दोलन स्थगित गरेर काममा फर्किएको कर्मचारीहरुले बताएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर कर्मचारीहरुले पेन डाउनको कार्यक्रम दिउँसो १ बजेदेखि फिर्ता लिइएको जानकारी दिएका थिए ।

‘मिति २०८० भदौ ४ गते यस कार्यालयमा भएको घटनाको विरोध गर्दै सम्पूर्ण कर्मचारीहरुबाट जारी भएको अनिश्चितकालिन कलम बन्द राजनैतिक दल तथा नगरबासीहरुको आग्रहमा मिति २०८० भदौ ५ गते दिनको १ बजेदेखि फिर्ता गरिएको छ’ प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

घटनाको राजनैतिक, रणनीतिक तथा कानूनी रुपमा उपचार खोज्ने प्रक्रिया सुरू गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको सेवा प्रवाहका सन्दर्भमा आम नगरबासी दाजुभाई दिदिबहिनीहरुको सल्लाह सुझावलाई सकरात्मक रूपमा ग्रहण गर्दै समृद्वि, सुशासन र विकासमा हामी प्रतिबद्व रहदैं आएको पनि जानकारी गराउँदछौं ।’

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार