नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको ‘मेरो नेपालगन्ज’ पाठयक्रमको पुस्तक छपाईको प्रक्रिया अघि बढेको छ ।
उपमहानगरपालिको आफ्नै पाठयपुस्तकको पुस्तक नहुँदा विद्यार्थीहरु बिना पुस्तक पढ्न बाध्य भएका थिए ।
अब भने चालू आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरुको हातहातमा पु¥याउने गरी प्रक्रिया अघि बढाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार, पाठ्यपुस्तक लेखनका लागि मंगलबार प्रस्ताव आह्वान गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण जस्ता कामहरुका लागि प्रस्ताव आह्वान गरिएको हो । भदौ १२ गतेसम्म प्रस्ताव पेश गर्ने अन्तिम समय सीमा कायम गरिएको रिजालले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षको जानकारी दिने विषयलाई पाठयक्रममा समावेश गरेको छ । उक्त पाठ्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका सबै विद्यालयमा पढाइरहेको छ ।
पुस्तक बिना नै पढाइ गरेका विद्यार्थीले प्रथम त्रैमासिकको परीक्षा समेत दिइसकेका छन् । तर अब पाठ्यपुस्तकको निर्माणको कामको सुरुवात भएकाले चाँडै विद्यार्थीको हातमा पुग्ने प्रमुख प्रशासकीय अधिकृत रिजाल बताउ“छन् ।









प्रतिक्रिया दिनुहोस्