बढैयातालमा घाँस काटिरहेकी श्रीमतीको श्रीमानले गरे हत्या



बर्दिया 

बर्दिया बढैयाताल गाउँपालिका-१ सानोडाँफेमा शुक्रबार दिउँसो पतिले पत्निको हत्या गरेका छन् । ५० वर्षीय कृपाल सुनारले श्रीमती केशकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले बताए ।

‘घरदेखि करिब ५ सय मिटर दुरीमा स्थानीय जुहारीलाल ऐरीको खेतमा केशकुमारी घाँस काटिरहेको समयमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेका हुन्,’ डीएसपी बोहोराले भने, ‘सुनारले धारिलो हतियार प्रयोगपछि धानखेतमा लडाई थिचेर श्रीमतीको हत्या गरेको देखिएको छ ।’

घटनालगत्तै ईलाका प्रहरी कार्यालय, मैनापोखरबाट प्रहरी टोली पुगेर सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको डीएसपी बोहोरालो बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहीबार