4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

प्रखर परोपकार मिसनको अध्यक्षमा मल्ल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १८, २०८०  

खजुरा ।

खजुरामा स्थापित ‘प्रखर परोपकार मिसन नेपाल’ को ११औँ साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा महेन्द्र मल्ल चयन भएका छन् । मिसनको बुधबार सम्पन्न अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदीप पौडेल, उपाध्यक्षमा शेरबहादुर बिसी, महासचिवमा विवेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा तारामणि अधिकारी र सहकोषाध्यक्षमा जीवनाथ सापकोटालाई चयन गरेको छ ।

सर्वसम्मत नेतृत्व चयन भएकामा निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले धन्यवाद दिएका छन् । उनले १८ वर्षसम्म लगातार नेतृत्व गरेर सर्वसम्मत नेतृत्व चयन गरी हस्तान्तरण गर्दा अत्यन्त खुसी लागेको बताए ।

नवनिर्वाचित अध्यक्ष मल्लले अस्पतालको बृहत्तर विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै क्यान्सरको सम्पूर्ण उपचार खजुरामा हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

खजुरास्थित क्यान्सर अस्पताल धार्मिक कार्यक्रम गरी संकलन भएको रकमबाट सुरुवातभएको हो । उक्त अस्पतालले अहिले क्यान्सरसँग सम्बन्धित रोगको उपचार गर्दै आएको छ ।

प्रकाशित मितिः बिहिबार, साउन १८, २०८०     8:01:22 PM  |