काठमाडौंको चन्द्रागिरीमा मारुती भ्यान दुर्घटना, २ जनाको मृत्यु



काठमाडौं ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा मारुती भ्यान दुर्घटना भएको हो।

दुर्घटना हुँदै दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान दुर्घटनामा परेको। दुर्घटनामा ज्यान गुमाउनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ छन्।

  • No tags available
प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार