21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

कांग्रेस बाँके क्षेत्र नम्बर २(ख)का उपसभापति श्रेष्ठमाथि आक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ९, २०८०  

नेपालगन्ज ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २(ख)ले आफ्ना उपसभापति अभिशेक श्रेष्ठमाथि एउटा समूहले आक्रमण गरेको बताएको छ ।

अध्यक्ष जितेन्द्र हमालले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार साँझ १०ः०० बजे नेपालगन्ज वीपीचोकस्थित चिया पसलबाट घर जाने क्रममा उक्त समूहले आक्रमण गरेको जनाएका छन् ।

चियाको पैसा दिँदै तिर्दै गरेको अवस्थामा एक्कासी आक्रमण गरी घाइते गराउने समूहलाई कडा कारबाही गर्न माग गरेका छन् । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै हमालले घटनामा नेपाल प्रहरीको सक्रियताले दोषीलाई प्रहरी हिरासतमा लिन सफल भएकोमा धन्यवाद दिएका छन् ।

वडा प्रहरी कार्यालय नेपालन्जका इन्चार्ज इन्द्रजित परियारले घटनामा संलग्नलाई पक्राउ गरी आवश्यक कारबाही गरिरहेको बताए ।

प्रकाशित मितिः मङ्लबार, साउन ९, २०८०     11:52:20 AM  |