मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३१, २०८०
काठमाडौं ।
नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ ।
निगम स्रोतका अनुसार आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू हुनेछ । ‘भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ । त्यसमा मूल्य घटेर आए मूल्य स्वतः घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ स्रोतले भन्यो ।
बजार व्यवस्थापन विभागका नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतले पनि स्वचालित मूल्य लागू गरिने बताए । ‘यसमा अबदेखि २० रुपैयाँ बढेर आउँछ भने २० रुपैयाँ नै बढ्छ । २० रुपैयाँ घटेर आउँछ भने २० रुपैयाँ नै घट्छ,’ उनले भने ।
अबदेखि निगमले मूल्य निर्धारण गर्ने भन्दा भारतबाट आउने नयाँ मूल्यसूचीले नेपालको पेट्रोलियम पदार्थमा मूल्य कायम गर्न निर्भर हुने उनले बताए ।