पाल्पा ।
‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने भनाई खुब चर्चित छ । राम्रो पालन पोषण र शिक्षाको लागि दुई जना सन्तान मात्रै जन्माउने चलन बढिरहेको छ । कतिपयले त झन एउटै सन्तान काफी भएको भन्न थालेका छन्।
तर पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले भने दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले दुई भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको हो ।
यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले सुरुका १२ जनाले भत्ता पाउनेछन् ।
प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्