17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुरमा १८ लाखमा बलात्कारको मुद्दामा मिलापत्र गराउने ४ पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १८, २०८०  

बाँके ।

जबरजस्ती करणी (बलात्कार) मुद्दा रकम लिएर मिलापत्र गर्न दबाब दिने चार जना बिचौलिया (दले) लाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका– २ मा भएको बलात्कार घटना मिलापत्र गराउने भन्दै १८ लाख लिने समूहलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।
पीडितले नै ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएपछि प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ ।

अन्य केही बिचौलिया (दले)हरू समेत रहेकोमा उनीहरू फरार भएको कोहलपुर प्रहरी स्रोतले जनाएको छ । रकम लिएर बलात्कार मुद्दा लुकाएको आरोपमा पक्राउ पर्नेमा पवित्रा ढकाल, माया हमाल, रञ्जिता थारू र विजय पोख्रेल रहेका छन् ।

प्रहरीका अनुसार पीडित महिलाले नै उजुरी दिएपनि उनीहरू पक्राउ परेका हुन् । उनीहरूले मुद्दा मिलाउने भन्दै आफुलाई जर्वरजस्ती १८ लाख दिएको र सो रकममध्ये ४ लाख मिलापत्र वापतको खर्च भन्दै उनीहरूले नै लगेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख रहेको प्रहरी स्रोतले जनाएको छ । महिलामाथि बलात्कारको घटना गत जेठमा भएको थियो ।

प्रकाशित मितिः सोमवार, असार १८, २०८०     6:18:03 PM  |