बाँके ।
नेपालगन्जको न्यूरोडमा रहेको बौद्ध गुम्बा नजिकै रहेको एक होटेलबाट प्रहरीले १८ जना युवायुवतीलाई नियन्त्रणमा लिएको छ ।
बोर्ड समेत नभएको एक होटलमा छापा मारेर वडा प्रहरी कार्यालय नेपालगन्जले १८ युवायुवतीलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले ११ जना पुरुष र ७ जना महिलालाई पक्राउ गरिएको पुष्टि गरे ।
नियन्त्रणमा लिएर उनीहरू सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले पक्राउ परेका युवायुवतीहरूमाथि सोधपुछ भइरहेको जानकारी दिए । यसरबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८० असार १७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्