दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक



चितवन।

मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । दिनभर पहिरो पन्छाएपछि साँझ ५ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।

झण्डै १७ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति १२ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १७ गते आइतबार