ढकेरीमा किसानलाई सिँचाइ मोटर वितरण



कोहलपुर : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ले किसानलाई मोटर वितरण गरेको छ । वडाबासीहरुलाई सिँचाइ गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयले मोटर वितरण गरेको हो ।

राप्ती सोनारी गाउँपालिकाको चालू आर्थिक वर्षको विनियोजित बजेट अन्तर्गत वडा नम्बर ९ का किसानहरुलाई एक कार्यक्रमका बीच सिँचाइ मोटर वितरण गरिएो वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष सोहन लाल थारुले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीका २६ जना किसानहरुलाइ सिँचाइ मोटर वितरण गरिएको बताए ।
उनका अनुसार राप्तीसोनारी गाउँपलिकाले ५० प्रतिशत अनुदानमा सिँचाइ मोटर वितरण गरिएको हो । सिँचाइ मोटरका लागि वडाभित्रका १ सय ३५ जनाले निवेदन दिएका दिए ।
ती मध्ये कृषि शाखाले २६ जना किसानहरूलाई छनोट गरेर वितरण गरेको वडा अध्यक्ष थारुले बताए । शाखाले छनोट गरेका किसानहरुलाई वडा कार्यालयको तर्फकाट सिँचाइ मोटर वितरण गरिएको वडा अध्यक्ष थारुको भनाइ छ ।

‘रोपाइँ र सिँचाईको समय आएको छ । किसानहरुलाई सहज होस भन्ने उद्देश्यले वितरण गरिएको हो,’ उनले भने, ‘यसबाट धेरैले सेवा लिने विश्वास लिएका छौं । आगामी दिनमा अन्य किसानहरुलाई समेत मोटर वितरण गरिनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८० असार १७ गते आइतबार