कोहलपुर : कोहलपुर नेकपा एकीकृत समाजवादी निकट अनेमसं समाजवादी बाँकेको अध्यक्षमा नारायणी ओली चयन भएकी छन् । शुक्रबार नेपालगन्जमा सम्पन्न पहिलो अधिवेशनबाट ओलीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमहरुमा शान्ता थपलिया,हजुरा वम, सचिवमा बसन्ता शर्मा,कोषाध्यक्षमा प्रेमिका शाही र सह–सचिवमा चमेली थारु चयन भएकी हुन् । अध्यक्ष ओलीले जिल्लाका सबै पालिकालाई समेटेर समिति गठन गरिएको उनले बताए । उनका अनुसार अब जिल्लाका सबै पालिकामा समिति विस्तार गरिनेछ ।

उक्त अवसरमा पार्टी केन्द्रिय सदस्य कमरेड अब्दुल हुसेन खान , जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा र अनेमसंघ समाजवादी केन्द्रीय सदस्य बाँके इन्चार्ज मन्जु कोइरालाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
‘बाँके जिल्लामा अब समाजवादी आन्दोलन सुरु भएको छ । हामी एकीकृत भएका छौं ।अब जिल्लामा रहेका महिलाहरुको समस्या समाधानका लागि काम गर्नेछौं ।’ उनले आफूले आगामी दिनमा संगठनको हितमा र महिला मुक्ति आन्दोलनमा सदैव लागिरहने प्रतिवबद्दता व्यक्त गरिन् ।









प्रतिक्रिया दिनुहोस्