किसानलाई बैजनाथ गाउँपालिकाले बाँड्यो अनुदानमा कृषि यन्त्र



बाँके ।

बैजनाथ गाउँपालिकाले किसानलाई कृषि यन्त्र वितरण गरेको छ । गाउँपालिका कार्यालय रामपुरमा मंगलबार एक कार्यक्रमका बीच किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, आर्थिक विकास समितिका संयोजक एवम् वडाअध्यक्ष प्रेमबहादुर शाही, कृषि शाखा प्रमुख प्रमोदकुमार बिश्वकर्मा लगायतले वितरण गरेका हुन् ।

आर्थिक विकास समितिका संयोजक शाहीले दिएको जानकारी अनुसार ३१ जना किसानलाई मिनटेलर र ११ जना किसानलाई पावर टेलर वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले बार्षिक बजेटमार्फत किसानलाई अनुदान दिने निर्णय गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १६ गते शनिबार