कोहलपुर, कोहलपुर–१ स्थित कौशिलानगरमा पाँच दिने पेसागत क्षमता विकास तालिम सुरु भएको छ । कौशिलानगरमा रहेको जन ज्ञानज्योति माध्यमिक विद्यालयमा उक्त तालिन सुरु भएको हो ।
विद्यालयको आयोजनामा ‘मेरो विद्यालय, मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ तालिम सुरु भएको विद्यालयले जनाएको छ । वैशाख ९ गतेसम्म सञ्चालन हुने तालिमको कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले उद्घाटन गरेका थिए । गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरुको भूमिका महŒवपूर्ण रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाको शैक्षिक विकासको लागि शिक्षा क्षेत्रको महŒव रहेको छ । नगरपालिकाले पनि शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
विद्यालयको समग्र विकासका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिलगायतका सरोकारवालाको भूमिकाको बारेमा प्रकाश पारेका थिए । कोहलपुर नगरपालिकाका शिक्षाविद् एवम् कार्यक्रमका प्रशिक्षक जितबहादुर शाहले तालिममा सक्रियरुपमा सहभागी हुन आह्वान गरेका थिए । पाँच दिने पेसागत क्षमता विकास तालिममा २३ जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्