बाँसगढी,बाँसगढीका सामुदायिक विद्यालयमा कार्यरत २३ जना शिक्षकलाई अवकाश दिइएकोमा शिक्षकको पेसागत संगठन नेपाल शिक्षक महासंघबाट पेस भएको ज्ञापनपत्रप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बाँसगढी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नगर शिक्षा समितिको मिति चैत २१ गतेको निर्णय तथा नगर कार्यपालिकामा भएको छलफलअनुसार गठित सामुदायिक विद्यालयको अवस्था अध्ययन तथा सुझाव कार्यदलले ल्याएको प्रतिवेदनबमोजिम शिक्षा ऐन र नियमावलीको अधीनमा रही थप प्रक्रिया अगाडि बढाइने व्यहोरा प्रअ शिक्षक, बुद्धिजिबी, अभिभावक, सञ्चारकर्मी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीलगायत सरोकारवाला सबैलाई यो जानकारी गराइन्छ ।’
प्रकाशित मिति : २०८० वैशाख ६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्