काठमाडौं ।
अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी नेपाली रजतपटमा डेब्यु गर्ने तयारीमा छिन् । निर्माता रोहित अधिकारीले दिव्यालाई आफ्नो चलचित्रमार्फत नेपाली सिने क्षेत्रमा डेब्यु गराउन लागेका हुन् ।
यद्यपि, उनले यसबारे भने बताउँन चाहेनन् । “हामी स्क्रिप्ट फाइनल भएपछि कलाकारको घोषणा गर्नेछौँं । अहिलेसम्म हामीले अनुबन्ध गराएको खगेन्द्र लामिछानेलाई मात्रै हो,” उनले भने ।
स्रोतका अनुसार दिव्याले रोहितको सिनेमामा अभिनय गर्ने निश्चित भइसकेको छ । उनी चलचित्रमा अभिनयकै लागि केही महिनापछि अमेरिकाबाट नेपाल आउँदैछिन् ।
चलचित्रको स्क्रिप्टको पहिलो ड्राफ्ट अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले लेखिसकेका छन् । फाइनल ड्राफ्टको काम भने गर्न बाँकी रहेको निर्माता अधिकारीले जानकारी दिए ।
चलचित्रमा खगेन्द्रको पनि अभिनय रहनेछ । खगेन्द्रसँगै विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा हुनेछन् ।
सुरेन्द्र पौडेलले निर्देशन गर्ने चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ । यसैवर्ष प्रदर्शन हुने चलचित्र तराईका केही जिल्ला र काठमाडौंमा छायांकन हुनेछ ।
निर्माणमा रोहितसँगै ओम अग्रवाल, श्याम कँणेल पनि रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्