कोहलपुर ।
पूर्व पश्चिम राजमार्गको बैजनाथ गाउँपालिका– ६ जीगाउँ नजिकै म्याजिक भ्यानको ठक्करबाट बालकको ज्यान गएको छ ।
बाँसगढीबाट कोहलपुर आउँदै गरेको भे १ ज १२६८ नम्बरको म्याजिक भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।
सडक पार गर्ने क्रममा तिव्रमा गतीमा रहेको भ्यानले स्थानीय ६ वर्षीय हर्षीत थारुलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको डिएसपी तिवारीले बताए ।
कोहलपुर प्रहरीले म्याजिक भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्