समृद्ध बाँसगढीका लागि मेरो उम्मेदवारीः ओली



सरकारका कारण निजी क्षेत्र धरासायी बनेको छ । यसमा व्यवसायीहरुको पक्षमा निरन्तर आवाज बुलन्द गरिनेछ । नीति निर्माणको लागि खबरदारी गरिनेछ । व्यवसायीहरुको हितका विषयमा निरन्तर अन्तक्र्रिया गरी त्यहाँबाट आएका सुझावलाई अक्षरस पालना गरिनेछ ।


नरबहादुर ओली
अध्यक्ष पदका उम्मेदवार
लोकतान्त्रिक समावेशी प्यानल
निर्वाचन नजिकिँदै छ । तयारी कस्तो छ ?

अहिले म मतदाताहरुसँग भेटघाटमा व्यस्त छुँ । मतदाताबाट हौसला पाइरहेको छुँ । भेटघाटको क्रममा मतदाताहरुले बाँसगढीमा तपार्इंको आवश्यकता अपरिहार्य छ, तपाईं जस्तो योजना भिजन भएको मान्छे जसरी पनि नेतृत्वमा आउनुपर्छ भनेर भन्नुभएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाता भेटघाटलाई मैले तिव्रता दिएको छुँ । समग्रमा चुनाव प्रचार र आफ्नो पक्षमा माहोल सिर्जना गर्न मै व्यस्त छुँ ।

तपार्इंको अध्यक्ष पदमा उम्मेदवारी किन हो ?

म विगत २४ वर्षदेखि यस बाँसगढी बजारलाई केन्द्र मानेर व्यापार गर्दै आएको छुँ । मैले यहाँका व्यवसायीहरुको समस्या बुझेको छुँ । बाँसगगढी क्षेत्रका व्यवसायीहरुको समस्यालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायमा पु¥याउने सोचका साथ मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।

अर्को महŒवपूर्ण कुरा के छ भने, अहिलेसम्म बाँसगढी उद्योग वाण्ज्यि संघ उद्योग वाणिज्य महासंघको सदस्य बन्न सकेको छैन । यसलाई महासंघमा प्रवेश गराएर बाँसगढीलाई राष्ट्रियस्तरमा पहिचान गराउने मेरो विचार छ । यस्तै मैले नौ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेको छुँ ।

तपाईंका प्रमुख चुनावी एजेण्डा के–के हुन् ?

मैले नौ बँुदे एजेण्डा प्रस्तुत गरेको छुँ । सबैभन्दा पहिलो प्रतिबद्धता संघलाई महासंघमा आबद्ध गराउने हो । यस्तै बाँसगढीको पहिचान र विकासका लागि गुरुयोजना तयार पारेर कार्यान्वयन गर्ने प्रतिबद्धता छ । व्यावसायिक हकहितका लागि त्रैमासिक अन्तक्र्रिया गरी छलफलबाट उत्पन्न समस्याको समाधानका लागि पहल गर्ने प्रणालीको विकास गर्नेछुँ ।

बाँसगढी क्षेत्रमा रहेका व्यवसायीको वर्गीकरण गरेर वस्तुगत शक्तिहरुको भूमिकालाई प्रभावकारी बनाइनेछ । अहिले पनि दर्ताबिना सञ्चालन भइरहेका व्यवसायीलाई कडाइका साथ नियमन गरेर संघको नीतिअनुसार व्यवस्थित गराइनेछ । घुमन्ते, फिरन्ते र खुला व्यवसाय र अवैध व्यवसायको विरोधमा गोलबन्द गरिनेछ । नीतिगत व्यवस्था गरेर कदम चालिनेछ ।

अहिले यहाँ व्यवसायीहरु तनावमा हुनुहुन्छ । बैंकहरुको चर्को ब्याजदरको मारमा हुनुहुन्छ । राज्यको फेरिरहने नीतिको सिकार हामी भएका छौं । सरकारी नीति हाम्रो पक्षमा छैनन् । सरकारका कारण निजी क्षेत्र धरासायी बनेको छ । यसमा व्यवसायीहरुको पक्षमा निरन्तर आवाज बुलन्द गरिनेछ । नीति निर्माणको लागि खबरदारी गरिनेछ । व्यवसायीहरुको हितका विषयमा निरन्तर अन्तक्र्रिया गरी त्यहाँबाट आएका सुझावलाई अक्षरस पालना गरिनेछ ।

बाँसगढी उद्योग वाणिज्य संघसँग आबद्ध र बाँसगढी क्षेत्रमा रहेका साना तथा ठूला व्यवसायीका समस्या के–के हुन् ?

बाँसगढी भारतको नाकासँग जोडिएको बजार हो । बर्दियाका धेरै बजार भारतसँग जोडिएका छन् । यहाँबाट चोरी तस्करी गरेर ल्याउने फिरन्ते व्यापारीको कारण गर्दा यहाँका स्थानीय व्यवसायी साथीहरुलाई दिउसै सटर बन्द गरेर बस्नु पर्ने बाध्यता छ ।

गाउँघरमा तरकारी, फलफूल, कपडा, भाडा घरघर पु¥याउने फिरन्ते व्यवसायले गर्दा यस क्षेत्र धराशायी बनेको अवस्था छ । यी समस्याको समाधान हुनेछ । अर्कातिर बैंकबाट लिएको पैसाको ब्याजदरले गर्दा व्यवसायबाट पैसा तिर्नसक्ने अवस्था छैन । अर्को हामीसँग पाँच सय किसानहरुको फर्म छन् । उनीहरुले गरेको उत्पादनले बजार पाएको छैन । बजारीकरणको वातावावरण सिर्जना गरिनेछ ।

बजारमा तरकारी फलफूल महँगो छ । तर, किसानको उत्पादन कम मूल्यमा बिचौलियाहरुलाई दिनु पर्न अवस्था छ । यसलाई स्थानीय सरकारसँग प्रभावकारीरुपमा समन्वय गरिनेछ । म २०५६ सालमा एउटा सानो व्यवसायीबाट आज उद्योग चलाइरहेको छुँ । म राज्यबाट तीनपटक सम्मानित भएको मानिससमेत हुँ ।

धराशायी अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई कसरी व्यवस्थापन गर्नुहुन्छ, के छन् तपाईंसँग योजना ?

देशको आर्थिक चलायमान गराउने भनेको निजी क्षेत्र हो । निजी क्षेत्रलाई ध्वस्त पार्न काम सरकारबाट भइरहेको छ । राज्यको ठोस नीति नहुँदा यो अवस्था आएको छ । बैंक भनेको यस्तो संस्था हो । जसले गल्ती गर्दैन भन्ने विब्वास थियो । तर, बैंकले विश्वास गुमाएको छन् । पहिलो ब्याज उठाउँदा बैंकले धेरै उठाएको कारणले राष्ट्र बैंकले १४ अर्बभन्दा बढी ब्याज फिर्ता गर्न आदेश ग¥यो ।

अब जेठ १५ गते बजेट आउँदै छ । सरकारले १२/१५ वटा राजश्व परार्मश टोली बनाएको छ । यो समितिले बजेट निर्माणमा व्यवसायीहरुको बीचमा परेका समस्या मैले त्यहाँ टिपाउँदै आएको छुँ । सुनुवाइ पनि भएको छ । अब वास्तवमा के छ भने, उद्योग व्यवसायहरुको समस्याहरु पहिचान गर्न जरुरी छ । त्यो कुराहरुलाई राजश्व परामर्श समितिको माध्यमबाट नीति निर्माणमा पु¥याउन जरुरी छ । जबसम्म हामी नीतिगतरुपमा व्यवसायीहरुको हकहितको बारेमा नीतिगतरुपमा पु¥याउन सक्दैनौं ।

तबसम्म चौराहमा बसेर गफ लगाएर केही हुनेवाला छैन । अनुगमनको नाममा दोहोरो करका नाममा अहिले अडिट गर्छाैं । राज्यबाट लाइसेन्स लिएको लेखा परीक्षकले अडिट गर्छ । त्यो अडिट गरिसकेपछि राजश्वमा समिट गरेपछि फेरि राज्यले अडिट उपर अडिट गर्छ । त्यो सबै व्यवसायीहरुलाई दुःख दिने काम मात्र हो । स्थानीय कर, घरवहाल कर, घरेलुको कर विभिन्न ठाँउमा करले गर्दा व्यवसायीहरु मर्कामा परेका छन् । यी सबै कुराहरुको समाधानका लागि मेरो उम्मेदारी हो ।

बाँसगढी उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईंलाई किन मतदान गर्ने व्यवसायीहरुले ?

आजको दिनमा म मतदाताहरुलाई के अनुरोध गर्छु भने, बाँसगढी नगरपालिकाभित्र छरिएर बस्नु भएका सबै व्यवसायहरुलाई नरबहादुर वली जस्तो एउटा भिजन भएको व्यवसायीको खाँचो छ । म घरघर पुग्न सकेको छैन होला । म यही मिडियाबाट सन्देश दिन चाहन्छुँ, ‘मैले बोल्ने मात्र होइन, गरेर देखाउने हो ।’

म सानो व्यवसायबाट उद्योगपतिसम्म पुग्दा, मसँग योजना गरेर काम गर्ने बानी भएको कारण आज म सफल छुँ । व्यवसायीको हकहितका निम्ति मसँग धेरै योजनाहरु छन् । योजनाहरु कार्यान्वयन गर्नका लागि व्यवसायीहरुलाई एकताबद्ध गर्नको लागि अगाडि बढाउनुे मेरो प्रयास रहनेछ ।

हामीले हिजोको दिनमा के पायांै भोट हालेर सबै उस्तै हुन् । जो आए पनि यस्तै हुन् भन्नेखालका गुनासो सुनिएको छ । मैले उहाँलाई वाचा गरेको छुँ, ‘तपार्इंहरुले भोट दिएर जिताउनु भयो भने म एक वर्षभित्र काम गरेर तपाईंहरुलाई महसुस गराउनेछुँ ।’ त्यसैले तपाईंहरुले मलाई मतदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छुँ । हजुरहरुले मलाई भोट दिनुभयो भने हजुरहरुको भोटको उच्च मूल्यांकन हुनेछ । सबैको हितमा काम गर्ने छुँ ।

अन्त्यमा, सम्पूर्ण मतदाता व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?

बाँसगढी उद्योग वाणिज्य संघमा हरेक तीन वर्षमा चुनाव हुन्छ । अहिले हामी देशका प्रमुख दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एमाले निकट व्यवसायीहरु प्यानल बनाएर चुनावमा होमिएका छौँ । म त मत सर्वसम्मत नेतृत्वको पक्षमा थिएँ । त्यो सम्भव भएन । मसँग एउटा अर्का उम्मेदवार हुनुहुन्छ । उहाँ मभन्दा उमेरको हिसाब कम हुनुहुन्छ ।

म उहाँभन्दा व्यवसाय र अनुभवका हिसाबले अघि छुँ । अहिले सबै मतदाताहरुले केही नसोचेर मलाई भोट गर्नुस् । म एउटा उदारणीय काम गरेर देखाउने छुँ । मसँग भिजन छ । प्लान छ । बाँसगढी बजारलाई केन्द्रमा चिनाउनको लागि हाम्रो प्यानललाई भोट दिन आग्रह गर्न चाहन्छुँ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ३ गते शुक्रबार