कोहलपुर : जिल्लाको नरैनापुर गाउँपालिकामा धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम नियन्त्रण निदान र उपचार सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तराईं दलित विकास मञ्च नरैनापुर,बाँकेको आयोजना रोगको रोकथाम नियन्त्रण निदान र उपचार सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा नरैनापुर गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मनोज कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । शर्माले अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रको मैनबत्ती बालेर उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बोल्दै वडाअध्यक्ष शर्माले धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन मानव जीवनका लागि हानिकारक रहेको बताए । यसले मानिसलाई नकरात्मक असर गर्ने भएकाले निरोगी हुन धुम्रपान तथा सुर्तिजन्ज पदार्थको सेवन छोड्नु पर्ने उनले बताए । धुम्रपान सेवनका कराण क्यान्सर जस्ता प्राणघातक रोगको सिकार हुने भएकोले सम्पूर्ण मानिस सचेत हुनुपर्ने शर्माको भनाइ थियो ।
दलित सेवा संघका बाँकेका अध्यक्ष बुद्ध सुनारले जनचेतना अभावका कारण धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन हुने गरेको भन्दै यस्तो कार्य रोक्न आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार दलित सेवा संघ बाँके जिल्लाका ग्रामीण क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
उक्त अवसरमा बोल्दै नरैनापुर इलाका प्रहरी कार्यालयका प्रमुख बिरबहादुर सुनारले सुरक्षा निकायका तर्फबाट आफूहरु यस्तो अभियानमा सहयोग पु¥याउन तयार रहेको बताएका थिए । नरैनापुर गाउँपालिकाकी कार्यपालिका सदस्य समुन्दा पासीले नरैनापुरलाई धुम्रपानरहित बनाउनको लागि आफूले कार्यपालिकामा प्रस्ताव राख्ने बताएकी थिइन् । उक्त कार्यक्रममा वडा नम्बर ४ का समुदायहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्