सुल्तान बाबा दरगाह कुट्टीको उद्घाटन



बाँके ।

नरैनापुर गाउँपालिका– ६ जमुनी कोहलामा शाह सुल्तान बाबा दरगाह कुट्टी सञ्चालनमा आएको छ । कुट्टीको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)ले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै सांसद नमुनाले कुट्टीलाई नरैनापुरको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताइन् ।

‘यो लगायतका यहाँका धार्मिक स्थललाई पर्यकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ’ उनले भनिन्, ‘नरैनापुरलाई सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्न म तयार छु ।’ सांसद नमुनाले कुट्टीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था गरिने दाबी गरिन् । नरैनापुर गाँउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले धेरै सम्भावना बोकेका धार्मिकस्थल नरैनापुरमा रहेको बताए ।

‘यहाँ धेरै सम्भावना बोकेका धार्मिक स्थलहरु रहेका छन् । संघ प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्छ’ उनले भने । सबै तह मिलेर विकास गर्दा सबैको स्वामित्व हुने अध्यक्ष शाहले दाबी गरे । कुट्टीलाई गरिब असहायको सहाराको केन्द्रको रुपमा स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले कुट्टीको संरक्षण र आवश्यक सुरक्षाका लागि बाँके प्रहरी प्रतिबद्ध बताए । धार्मिक महत्व बोकेको कुट्टीले समाजमा रहेको विभेदलाई अन्त्य गर्नमा भूमिका निर्वाह गर्ने उनले दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १८ गते सोमबार