चुनाव नजिकिँदै छ । चुनाव प्रचारप्रसार कस्तो भइरहेको छ ?
अहिले दुई भागमा यो विभाजित मुलुक छ । समृद्धिको अभियान लिएर अगाडि बढेको नेकपा एमाले र यथास्थितिवादमा रमाउन चाहने मुलुकलाई कहिले पनि अगाडि लिन नचाहने शक्तिको बीचमा प्रतिस्पर्धामा छ । बाहिरबाट हेर्दाखेरि धेरै शक्ति एकातिर मिलेको जस्तो देखिन्छ । तर यथार्त त्यस्तो छैन । हामी एक्लै हुँदासमेत ढुक्कसँग चुनावी मैदानमा छौँ । अहिलेको गठबन्धन मिलेर खानेहरुको झुण्ड हो । त्यसलाई परास्त गरी यो मुलुकलाई समृद्धिको दिशातर्फ लैजानु पर्ने छ । त्यसको नेतृत्व नेकपा एमालेबाहेक अरुले गर्न सक्दैन । हामीले चुनावमा राष्ट्रियताको सवालमा एजेण्डा मिल्ने पार्टीसँग चुनावी तालमेल गरेका छौँ । मंसीर ४ गते हुने चुनावमा अहिले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहकार्य भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रबाट उठाएका उम्मेदवारलाई जिताउने दिशातर्फ हाम्रा अभियान केन्द्रित छन् ।
यस क्षेत्रका मतदाताको इच्छा र आकांक्षा कस्ता छन् ?
अहिले मतदाता एकदमै उत्साहित छन् । हामी जहाँजहाँ पुगेका छौँ । उहाँहरुले शुभकामना र बधाइ दिनेखालका गतिविधिहरु गर्नु भएको छ । तर पनि निर्वाचन पनि निर्वाचन नै हो । एक मत अन्तरले पनि जित हार हुन सक्छ । कहिले पनि दुस्मनलाई कम्जोर सम्झिनु हुँदैन भन्ने कुरा हामीले बुझेका छौँ ।
अहिले जनताले हामीलाई मतदाताले जुनखालले स्वागत सम्मान गरिरहेका छन् । त्यसले के देखिन्छ भने सूर्य ढकाल विजयी भएको देखिन्छ । यसलाई हेरेर विपक्षले अरु हत्कण्डा नअपनाउलान् भन्न सकिँदैन । त्यसैले पनि हामी चनाखो तरिकाले चुनावी अभियान बढाएका छौँ ।
बलराम भट्टराई-नेता- नेकपा एमाले
बाँके जिल्लामा नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीको साहारा किन लिन प¥र्याे ?
अहिले हामीले कसैको साहारा लिनु पर्ने र कसैको साहारामा अगाडि बढ्नु पर्ने स्थिति त होइन । तर आमजनताका बीचमा सब एकातिर हुँदा नेकपा एमाले किन एक्लै छ त । जनताको बीच लोकप्रिय हुन नसकेर हो की ? कहिलेकाहिँ चारजनाको बीचमा एकजना एक्लै भए भने तीनजनाले भनेका कुरा निर्णायाक भइदिन सक्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी यस्तो शक्ति हो की ? जतिबेला मुलुकमा संकट पर्छ । जब राष्ट्रियता खतरा हुन्छ । जब विदेशीको मुलमा पर्न थाल्छ । त्यतिबेला अगाडि उभिँदै आएको छ । त्यसैले राष्ट्रवादी शक्तिलाई साथमा लिएर अगाडि बढ्दा अझ जनतामा अपार माया विश्वास बढ्ने मान्यताका साथ एउटै अभियानमा एउटै चुनावी मोर्चामा अगाडि बढेको हो ।
नेकपा एमाले र राप्रपाबाट उम्मेदवार बनेकाहरुका चुनावी एजेण्डा के–के छन् ?
हाम्रो चुनावी एजेण्डा भनेको समृद्ध बाँके क्षेत्र नम्बर १ नै हो । यहाँका जनतालाई सुखी कसरी बनाउने योजना हामीसँग छ । बाँके क्षेत्र नम्बर १ समृद्ध बनाउने अरु मुख्य एजेण्डा त्यसैमा छन् । २०७० सालमा पहिलोपटक नेकपा एमालेले संविधानसभामा विजय प्राप्त ग¥यौं । हाम्रो दृष्टिकोण कहाँ गयो भने । जहाँ दुर्गम जहाँ पिछाडिएको छ, त्यहाँका जनतालाई सुगममा जोड्नु पर्छ । त्यति बेला राप्तीपारिका तमाम गाउँमा असुविधा असहजता थियो । त्यसलाई सहजरुपमा मुल सडकमा जोड्ने काम ग¥यौँ । अहिले त्यहाँ पुग्दा अहिले सहजै पुन्न सकिन्छ । यो काम नेकपा एमालेले गरेको हो । जनताले आशा विश्वास गरेका छन् । नेकपा एमालेले विजयी हासिल गर्छ ।
यो क्षेत्रमा नेकपा एमालेले जित्ने आधारहरु के–के छन् ?
बाँके क्षेत्र नम्बर १ लाई मुलुकको सबैभन्दा सक्षम विकासित क्षेत्रको रूपमा अगाडि लैजान चाहान्छौँ । यदि हामीले विजयी भएर गयौँ भने यहाँको विकास हामी गर्छौँ । देशभरिमा जितेर गएका माननीयहरुमा सबैभन्दा उत्कृष्ट काम गरेर देखाउने माननीय चाहिएको हो । त्यसैले हाम्रा योजना ठूला सपना देखाउने होइन, जनतालाई सचेत गराउने हो । समृद्धिको सपना पूरा गर्ने सुशासन, विकास, समृृद्धि, समानता पार्टी संकल्पलाई टेकेर २० वटा ग्यारेन्टी गरेको छ । त्यो ग्यारेन्टी पूरा गर्ने दायित्व हाम्रो पनि छ ।
जनताका आवश्यकता र तपार्इँका विकासका नारासँग त कुनै तालमेल देखिँदैन नी ?
हामीले जनताको लक्षित गरेर घोषणा गरेका कार्यक्रम हुन् । कि भने यो समृृद्धिको सपनासँग जोडिएका कार्यक्रम हुन् । हामी सरकारमा जाने बित्तिकै रोकिएको काम अघि बढ्छ । हामी सरकारमा जाने बित्तिकै नरैनापुरका लागि सिँचाइको व्यवस्था समाधान पहिला हुन्छ । यो सिक्टा सिँचाइलाई अनेक बाहानामा रोक्न प्रयास भयो । पूर्वप्रधानमन्त्री हेलिकोप्टरमार्फत निरीक्षण गरेर अहिले सिक्टामा पानी आएको छ । त्यसैले जनता एमालेको पक्षमा छन् ।
यस क्षेत्रमा तपाईँंहरुको मुख्य प्रतिस्पर्धा को सँग छ ?
अहिले अर्काे उम्मेदवार नभएकाले बाम–लोकतान्त्रिक गठबन्धनसँग मुख्य प्रतिस्पर्धा हो । आम प्रश्न छ, उहाँ मुलुकको मन्त्री हुनुभयो । यस क्षेत्रका जनताले के पाए । उहाँले काम विकास गर्नुभयो । उहाँलाई जिताएर यहाँका जनताका लागि के भयो । एउटा मान्छे मन्त्री भइसक्दा पनि विकास गर्न नसक्दा भोलि के गर्न सक्छ । उहाँको भिजन र योजना छैन जनताको विकासका लागि । नेकपा एमालेको अगुवाइमा चुनाव जिताएको हो । पाँच वर्षमा कतिपटक जनता माझ पुग्नु भयो । कतिपटक जनताको समस्या बुझ्नु भो । हामी बहुमतले विजय हासिल गर्छौैँ । यस क्षेत्रमा हामी जित्छौँ ।
तपाईंँले विजय हासिल गर्छौँै भनिरहँदा स्थानीय तहको निर्वाचनको परिणाम तपाईंहरुको पक्षमा छैन, कसरी जित सम्भव होला ?
स्थानीय तहको निर्वाचनमा हाम्रा केही समस्या रहेका थिए । ३ हजार हाम्रो मत बाहिर गयो । अहिले पनि नेकपा एमाले पहिलो शक्ति नेकपा एमाले हो । नेकपा एमालेले पाँचवटा वडा एक्लै जितेको छ । राज्यले आफ्नो शक्तिबाट चरम दुरुपयोग गरेकाले पछाडि परेको जस्तो लागेको छ । अहिले त हाम्रो मुख्य प्रतिस्पर्धी फिल्डमा छैन । तेस्रो व्यक्ति फिलमा छैनन् कसरी चुनाव जित्न सकिन्छ । योभन्दा अगाडि काम गरेको छ । पाँच वर्ष जिताएका प्रतिनिधिले के काम गरे । जनताले कामको महसुस गर्नु भएको छैन । भोट मागेर चुनाव जित्छु भन्ने आधार छैन ।
कति मतान्तरले जित्नु हुन्छ ?
आजसम्म हामी चार हजार मतान्तरले अगाडि छौं । हामीले चुनाव जित्छौं । एकदम अगाडि छौँ हामी । कसैले भेटाउन सक्दैन ।
प्रतिक्रिया दिनुहोस्