कोहलपुर : जुम्लाको तिला गाउँपालिका वडा नम्बर ८ जुम्लाकोटका गोविन्द उर्फ गोविचन्द्र रावत बाँकेको चिसापानीबाट हराएका छन् । उनी सोमबार साँझ एक्कासी हराएका हुन् । ७३ वर्षी रावत ४० वर्षदेखि परिवार र आफन्तसँग पूर्ण रुपमा सम्पर्क विहीन थिए । रोजगारीको शिलशिलामा जवान उमेरमा भारत छिरेका उनी त्यसपछि कहिल्यै फर्किएनन् । तर हराएको ४० वर्षपछि गाउँलेहरुले उनलाई भारतमा बृद्ध अवस्थामा भेटाएको आफन्त दीपक रावतले बताए ।
उनका अनुसार लामो समयपछि आफन्तले केहीदिन पहिले भारतबाट नेपाल ल्याएका थिए । वृद्ध रावत आफ्नो जन्मभूमि जुम्लाकोटमा पुग्न नपाउँदै फेरि हराएका छन् । उनका अनुसार नेपाली नेपालगन्जबाट जुम्ला जाने क्रममा सोमबार साँझ बैजनाथको चिसापानीबाट फेरि हराएका छन् । आफन्तहरुका अनुसार चिसापानीबाट उनी एक्कासी हराएका हुन् । उनलाई देख्नु वा भेटाउनु हुने सम्पूर्णलाई सुरक्षित रुपमा राखिनदिन आफन्तहरुले अनुरोध गरेका छन् । आफन्त दीपकले नम्बर सम्पर्क गरिदिन अपील समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्