22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

वैश्यावृत्ति गराएको आरोपमा बाँकेका होटल संचालक जाजरकोटमा पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ ६, २०७९  

जाजरकोट ।

जाजरकोटको होटेलमा वेश्यावृती गराउने एक साहुलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको डडुवा गाउँपालिका- ०१ घर भई हाल भेरी नगरपालिका ०३ ठाँटी स्थित न्यू थकाली होटल एण्ड लज सञ्चालन गरी बस्ने ओमकार लोहनियालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिवार आफ्नो होटलको कोठामा महिलाहरुलाई बोलाई वेश्यावृती गराई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिई पीडित महिलाहरुको उद्धार गरी साहु ओमकार लोहनियालाई रितपूर्वक पक्राउ गरी जिल्ला अदालत जाजरकोटमा मानव वेचविखन सम्बन्धी कसुरमा ५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, भदौ ६, २०७९     4:11:03 PM  |