कोहलपुर ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुवास्थित मधु सामुदायिक वन उपभोक्ता समूहको २२औँ वार्षिक साधारणसभा तथा १३औँ सार्वजनिक सुनुवाइ जनलेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साधारणसभाको शमशेरगन्ज सवडिभिजन वन कार्यालय ओभरीका सहायक वन अधिकृत सुशील सुवेदीले शनिबार उक्त कार्यक्रमको उद्घाटन गरे ।
उक्त कार्यक्रममा बोल्दै अधिकृत सुवेदीले संरक्षणमा स्थानीय समुदाय र उपभोक्ताहरुको महŒवपूर्ण भूमिका रहने बताउँदै आगामी दिनहरुमा संरक्षण अझबढी जोड दिनुपर्ने बताए ।
सभामा समूहकी सचिव सीता थारुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/०७९ को १५ लाख पाँच हजार नौ सय २३ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिइन् । साधारणसभामा वैज्ञानिक वन व्यवस्थापन महासंघ बाँकेका अध्यक्ष तथा सहजकर्ता कृष्ण केसीले सहजीकरण गरेका थिए ।
सार्वजनिक सुनुवाइमा उपभोक्ताहरुले सोधेको प्रश्नहरुको कार्य समितिका पदाधिकारीहरुले जवाफ दिएका थिए । समूहका अध्यक्ष कुलबहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दीर्घबहादुर बुढाथोकी, प्रहरी चौकी कचनापुरका प्रतिनिधि, उपभोक्ताहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्