बाँके ।
विभिन्न सुविधासहित बाँकेको कोहलपुरमा आइतबारबाट बजाज एक्सचेञ्ज मेला सुरु भएको छ । कोहलपुरका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता प्राप्ति इन्टरनेशलनमा बजाज एक्सजेञ्ज मेला सुरु भएको हो ।
‘नेपालमै सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलका ग्राहकलाई ध्यानमा राखेर मेलाको आयोजना गरेका हौं,’ प्राप्ति इन्टरनेशलनका सञ्चालक पुष्पराज न्यौपानेले भने, ‘विभिन्न अफरसहित आयोजना गरिएको मेलामा यस क्षेत्रका ग्राहकको सहभागिता पहिलो दिनबाटै उत्साहजनक रहेको छ । हामी पनि उत्साहित भएको छौं ।’
एक्सचेञ्ज मेलामा कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल ल्याएर बजाजको नयाँ मोटरसाइकल लिएर जान सकिने सञ्चालक न्यौपानेले जानकारी दिए ।
‘पुरानो मोटरसाइकल एक्सचेञ्ज गर्दा प्रचलित बजार मूल्यभन्दा सात हजार रुपैयाँ थप गरिनेछ,’ उनले भने, ‘पुरानो मोटरसाइकलको मूल्यभन्दा बढी भएको रकम तिरेर वा फाइनान्स गरेर बजाजका कुनै पनि मोटरसाइकल ग्राहकले लिन सक्नुहुन्छ ।’
नयाँ मोटरसाइकल खरिद गर्दा शोरुमबाट नै फाइनान्सको सुविधा प्राप्त गर्न सकिने प्राप्ति इन्टरनेशलन कोहलपुरले जनाएको छ । कुनै पनि मोटरसाइकल किन्दा २५ प्रतिशत रकम मात्र दिएमा फाइनान्स सुविधामा मोटरसाइकल चढ्न पाइने सुविधासमेत दिइएको सञ्चालक न्यौपानेले बताए ।
‘पुराना मोटरसाइकलमा प्रचलित बजार मूल्यभन्दा थप मूल्य, २५ प्रतिशत डाउन पेमेन्टमा नयाँ बाइक, फाइनान्सलगायतका सुविधा मेलामा दिइएको छ,’ उनले भने ।
सञ्चालक न्यौपानेले नयाँ मोटरसाइकल किन्नका लागि योजना बनाएकालाई ढुक्क भएर एक्सचेञ्ज मेलामा आएर बजाजका मोटरसाइकल खरिद गर्न आग्रह गरेका छन् । बजाज एक्सचेञ्ज मेला भदौ १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्