६४ ग्राम लागुऔषध ब्राउनसुगर लिएर काठमाडौं जाँदै गर्दा कोहलपुरका शाह विमानस्थलबाट पक्राउ



नेपालगन्ज ।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको सक्रियतामा विमानस्थलबाट एक व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । कोहलपुर–११ का २५ वर्षीय रोहन शाह ६४ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

यति एयरको विमानमार्फत नेपालगन्जबाट काठमाडौं जान एयरपोर्ट पुगेको व्यक्तिविरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा वैदेशिक रोजगारी ठगीसम्बन्धी जाहेरी परेको र अर्कै व्यक्तिको नामबाट काठमाडौं उड्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् ।

उनी लागुऔषध प्रयोगकर्तासमेत रहेको आशंकामा चेकजाँच गर्दा भित्री वस्त्रमा लागुऔषध लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

तर यो ठूलो परिणामको ब्राउन सुगर हो । उनी प्रयोगकर्ता मात्र नभइ कारोबारी हुन सक्ने आँकलन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ५ गते आइतबार