बाँके ।
नेपालगन्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर– १७ ढोडेगाउँका ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बल्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो ।
विहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो । छोरालाई बचाउन खोज्दा बुवा परसरामलाई पनि करेन्ट लागेको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीले दुबै शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पु¥याएको छ ।
प्रकाशित मिति : २०७९ भदौ ४ गते शनिबार









प्रतिक्रिया दिनुहोस्