26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

बाँके केन्द्रविन्दु भएर मध्यरातमा ४.८ म्याग्नेच्युडको भूकम्प

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९  

बाँके ।

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९     9:18:22 AM  |