26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

बाँकेको वनकटुवामा तीन सवारी ठोक्किएः एकको मृत्यु, ९ यात्रु घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ ३, २०७९  

बाँके ।

बाँकेको बैजनाथ गाउँपालिका– ५ वनकटुवाको संगम चोक नजिकै तीन सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गमा पर्ने संगम चोक नजिकै मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । प्रहरीका अनुसार पश्चिमतर्फ भइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।

सवारी साधन ठोक्किदा ट्रक र म्याजिक सडकबाट तल खसेका थिए ।

दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका– ४ का रामबहादुर कुँवरको मृत्यु भएको डीएसपी मल्लले मिसन टुडे न्यूजलाई जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर अन्य ९ जना घाइते भएका छन् ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

तस्बिरः मधुर पौडेल

प्रकाशित मितिः शुक्रबार, भदौ ३, २०७९     9:20:18 AM  |