बाँके ।
विभिन्न सुविधासहित नेपालगन्जमा बजाज एक्सचेञ्ज मेला आयोजना गरिने भएको छ । नेपालगन्जका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता पानस मोटर्सले बजाज एक्सजेञ्ज मेलाको आयोजना गर्न लागेको हो ।
बजाज एक्सचेञ्ज मेलाको आयोजना भदौ ५ गतेदेखि १० गतेसम्म आयोजना गरिएको पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालले जानकारी दिए । ‘नेपालमै सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलका ग्राहकलाई ध्यानमा राखेर मेलाको आयोजना गरेका छौं,’ उनले भने, ‘विभिन्न अफरसहित आयोजना गरिएको मेलामा यस क्षेत्रका ग्राहकहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।’
कारकाँदोमा रहेको प्रहरी तालिम केन्द्र अगाडि रहेको नेपालगन्जका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता पानस मोटर्समा एक्सचेञ्ज मेला सञ्चालन हुनेछ ।
एक्सचेञ्ज मेलामा कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल ल्याएर बजाजको नयाँ मोटरसाइकल लिएर जान सकिने सञ्चालक खनालले मिसन टुडेलाई जानकारी दिए ।
‘पुरानो मोटरसाइकल एक्सचेञ्ज गर्दा प्रचलित बजार मूल्यभन्दा सात हजार रुपैयाँ थप गरिनेछ,’ उनले भने, ‘पुरानो मोटरसाइकलको मूल्यभन्दा बढी भएको रकम तिरेर वा फाइनान्स गरेर बजाजका कुनै पनि मोटरसाइकल ग्राहकले लिन सक्नुहुन्छ ।’ नयाँ मोटरसाइकल खरिद गर्दा शोरुमबाट नै फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।
कुनै पनि मोटरसाइकल किन्दा २५ प्रतिशत रकम मात्र दिएमा फाइनान्स सुविधामा मोटरसाइकल चढ्न पाइने सुविधासमेत दिइएको पानस मोटर्सका सञ्चालक खनालले मिसन टुडेलाई जानकारी दिए ।
‘पुराना मोटरसाइकलमा प्रचलित बजार मूल्यभन्दा थप मूल्य, २५ प्रतिशत डाउन पेमेन्टमा नयाँ बाइक, फाइनान्सलगायतका सुविधा मेला दिइएको छ,’ उनले भने, ‘अहिले बजाज एक्सचेञ्ज मेलाको तयारी तिव्र पारिरहेका छौं । सहरदेखि गाउँसम्म मेलाको बारेमा प्रचारप्रसार भइरहेको छ ।’
नयाँ मोटरसाइकल किन्नका लागि योजना बनाएकाहरुलाई खनालले ढुक्क भएर एक्सचेञ्ज मेलामा आएर बजाजका मोटरसाइकल खरिद गर्न आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्