
रातिको समयमा देखिएको बेलहिया–बुटवल सडक । तस्बिरः कृष्ण ओली
बाँके ।
जमुनाहादेखि राँझा चोकसम्मको सडक उज्यालो बनाउनको लागि सडक बत्ति (स्ट्रीट लाइट) जडान गरिने भएको छ ।
यो सडक खण्डमा आधुनिक खालका सडक बत्ति जडानको लागि मंगलबार ठेक्का समेत आह्वान गरिएको छ । ७ करोड रुपैयाँ रकम राखेर सडक डिभिजन नेपालगन्जले लाइट जडानको लागि ठेक्का आह्वान गरेको हो ।
बेलहिया–बुटवल सडकको जस्तो लाईटहरु राखिने सडक डिभिजन नेपालगन्जका ईन्जिनियर निज्जल श्रेष्ठले जानकारी दिए । ‘स्ट्रीट लाइट भनेको सडक बत्ति नै हो ।
बेलहिया– बुटवल सडक खण्डमा राखेको मोडलमा हामिले यहाँ राख्न खोजेका छौं’ उनले भने, ‘आधुनिक खालमा लाईटहरु राखिएमा रातको समयमा सडकमा उज्यालो हुनेछ ।’ पहिलो चरणमा जमुनाहादेखि नेपालगन्जको राँझा चोकसम्म मात्र सडक बत्ति जडान गरिनेछ ।
हरेक ३० मिटरको दुरीमा स्ट्रीम लाइटहरु जडान गरिनेछ । हाइमास्ट लाइट जडान भएका स्थानमा सो भन्दा १५० मिटरको दुरीमा मात्र लाइटहरु जडान हुनेछन् ।
अहिले नेपालगन्ज बजार क्षेत्रमा सडकको बीच भागमा लाइट भएपनि त्यती प्रभावकारी हुन सकेका छैनन् । त्यसैले आधुनिक खालका स्ट्रीम लाइटहरु राखेर रातको समयमा सडकलाई उज्यालो बनाउने योजना अगाडि सारिएको हो ।
पहिले चरणको काम प्रभावकारी भएमा योजनालाई कोहलपुरसम्मै अगाडि बढाइने कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्