कविन्द्र परियार । कोहलपुर ।
कोहलपुर नगरपालिकामा ३२ करोड ८७ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । विभिन्न पूर्वाधारलगायतको बजेट समयमै खर्च हुन नसक्दा उक्त रकम बेरुजु भएको हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/०७६ सम्ममा १८ करोड ३७ लाख ७२ हजार बेरुजु रकम रहेको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा थप पाँच करोड ६२ लाख एक हजार बेरुजु रकम थपिएको छ भने आर्थिक वर्ष २०७७/०७८ मा थप आठ करोड ८७ लाख ४५ हजार थपिएसँगै नगरपालिकाको कूल बेरुज रकम ३२ करोड ८७ लाख १८ हजार रुपैयाँ पुगेको देखिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रक्रिया सुरु भएको छ । यो आर्थिक वर्षको प्रतिवेदन पनि सार्वजनिक भएपछि नगरपालिकाको बेरुजु रकम ३५ करोड बढी हुने सम्भावना देखिएको छ ।
महालेखा परीक्षणको प्रतिवेदनअनुसार नगरपालिकामा बेरुजु देखिनुमा अस्थिर प्रशासन संयन्त्र पहिलो बुदाँमा रहेको छ त्यस्तै नगरसभाद्वारा पारित बजेट तथा कार्यक्रमबाहेक थप तथा फरक कार्यक्रमहरु (गैरबजेटरी खर्च) गर्ने प्रणाली स्थापित हुनु बजेट स्रोत सुनिश्चितबिना नै कार्य सञ्चालन गर्नु, बजेट नियन्त्रण, वित्तीय तथा प्रशासनिक अनुशासन कम हुनु पूर्व कार्यादेश तथा लागत अनुगमन स्वीकृत नगरी मौखिक आदेशका भरमा कार्य सञ्चालन हुन जस्ता बुँदाहरु छन् ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले नगरपालिकामा पछिल्लो समयमा प्राप्त भएको महालेखा परीक्षकको प्रतिवेदनअनुसार कोहलपुर नगरपालिकाको बेरुजु पहिलेको तुलनामा बढेको बताए ।









प्रतिक्रिया दिनुहोस्