राजस्वको छापापछि व्यवसायी कर्मचारीको जुहारी



नेपालगन्ज ।

कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयले नेपालगन्ज–२ घरवारी टोलस्थित एक पसलमा छापा मारेपछि नेपालगन्ज उद्योग बाणिज्य संघ र नेपाल निजामती कर्मचारी युनियनबीच लिखित जुहारी चलेको छ । संघ र युनियनले विज्ञप्ती जारी गर्दै एक अर्कालाई कारबाहीको माग गरेका हुन् ।

स्थानीय मस्टा लक्ष्मी टे्डर्स लिंकमा छापा मारेको विषयलाई लिएर नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरी र उपमहासचिव धर्मराज आर्यालले सोमबार बिज्ञप्ती जारी गरेका छन् । जसमा राजस्व अनुसन्धान कार्यालयले अनुसन्धानका नाममा व्यवसायीहरुलाई धरपकड गर्ने, नियोजित तरिकाले जबरजस्ती छापा मार्ने कार्य गरेको भन्दै आपत्ती जनाएका छन् ।

यता, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष उद्धव श्रेष्ठले विज्ञप्ती जारी गरी फिल्डमा खटिएका राजस्व अनुसन्धान कार्यालयका कर्मचारीहरुलाई कार्यालयले दिएको जिम्मेवारी पूरा गर्न नदिई कर्मचारीहरु उपर हातपात गरिएको आरोप लगाएका छन् ।

युनियनको विज्ञप्तीमा साउन २९ गते दिउँसो १२ वजेदेखि १ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट शाखा अधिृकत बाबुराम पन्थीको नेतृत्वमा फिल्डमा गएको टोली नेपालगन्ज उपमहानगरपालिका–२ घरवारी टोलस्थित मस्टा लक्ष्मी टे्डर्स लिंकमा खानतलासी लिने क्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंकबहादुर धामी लगायतको टोलीले घटनामा खटिएका कर्मचारीहरु उपर हातपात गरेको उल्लेख छ । उक्त घटनाप्रति युनियनले घोर भत्सर्ना गर्दै दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।

उद्योग वाणिज्य संघको विज्ञप्तीमा कोभिड–१९ का कारण आर्थिक मन्दी, चोरी पैठारीका कारण व्यवसाय नै धारपमा परेको बेला उद्योगी र व्यवसायीहरुलाई आतंकित र भयभित बनाउने कार्यको भत्र्सना गरेको छ ।

साथै, नियम संगत तरिकाले उद्योग व्यवसाय गरिरहेको व्यवसायीहरुलाई स्टक मिलानका नाममा हदैसम्म दुःख दिइएको जनाइएको छ । संघले निर्बाध र भयरहित वातावरणमा आफ्नो व्यवसाय सन्चालन गर्न सुनिस्चित गर्न ध्यानाकर्षण गराउँदै यस्ता गतिबिधि जारी रहेमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ३१ गते मंगलबार