मधुर पौडेल । बाँसगढी ।
समृद्ध बाँसगढी बनाउनका लागि युवाहरुको महŒवपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार बाँसगढीमा भएको एक कार्यक्रममा बोल्ने सरोकावालाहरुले समृद्ध बाँसगढीको लागि युवाको भूमिका अहम हुने बताएका हुन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जाल बाँसगढीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खड्काले आफूहरु युवाहरुको माग पूरा गर्न तयार रहेको बताए ।
‘तपाईँहरुले राखेका माग पूरा गर्न नगरपालिका तयार छ,’ उनले भने, ‘तर समृद्ध बाँसगढी बनाउन तपाईँहरु जस्ता युवाको अहम भूमिका हुन्छ । तपाईँहरुले सहयोग गर्नुपर्छ ।’
दिवसको अवसरमा युवा उद्यमशीलता तथा नेतृत्व विकासका साथै नगर विकासमा युवाको भूमिका र अवसर विषयमा जनप्रतिनिधिसँग युवा अन्तरक्रिया गरिएको थियो । युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले युवाहरुको खेल विकासका लागि हरेक वडामा एउटा खेल मैदान हुनुपर्ने बताए ।
‘आफ्नो ठाउँबाट रोजगारका लागि विदेश जाने युवाहरूलाई रोके र आफ्नै ठाउँमै उद्यमशील बनाउन सके बाँसगढी नगरपालिका समृद्ध बन्छ,’ उनले भने । अन्तरक्रियामा बाँसगढीका जनप्रतिनिधि, युवाहरुलगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्