ढकेरी उद्यैन खानेपानीको कार्यालयमा दोस्रोपटक तालाबन्दी



कविन्द्र परियार । कोहलपुर ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित ढकेरी उद्यैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा बिहीबार दोस्रोपटक तालाबन्दी गरिएको छ । गत फागुनदेखि धारामा पानी नआएको भन्दै गुरुवा गाउँका स्थानीयले समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

धारामा पानी नआएको भन्दै केही समय अघि पनि उक्त कार्यालयमा गुरुवागाउँका स्थानीयले तालाबन्दी गरेका थिए । खानेपानीको कार्यालयदेखि करिब दुई किलोमिटर दुरीमा रहेको गुरुवा गाउँमा फागुन महिनादेखि धारामा पानी सञ्चालन भएको भन्दै स्थानीयले तालाबन्दी गरेका थिए ।

तर, केही दिन धारामा पानी गए पनि फेरि पानी बन्द भएपछि बाध्य भएर दोस्रोपटक तालाबन्दी गर्नु परेको स्थानीय हस्तबहादुर ओलीले बताए ।

‘हामीले पानी खाने वातावरण मिलाइदिनूस् भनेर पटकपटक आग्रह गर्दा पनि प्रभावकारी ढंगबाट काम नगरेर क्षणिक पानी पठाए जस्तो गरेका कारण कार्यालयमा तालाबन्दी गरेका हौँ,’ ओलीले भने ।

अर्का स्थानीय इन्द्रबहादुर खड्काले खानेपानी पुगेपछि आफूहरुले ट्युबेल हटाएको तर, अहिले खानी ट्याँकीबाट समेत पानी आउन छोडेपछि समस्या भएको र सुनुवाइका लागि बाध्य भएर तालाबन्दी गरिएको बताए ।

समितिका कार्यालय सहायक रुद्रबहादुर खड्काले गरुवागाउँका करिब एक सय घरधरीका धारामा खानेपानी पुग्न नसकेको र खानेपानीको महसुलसमेत नलिइएको बताए । ‘गत फागुनदेखि त्यहाँका धाराहरुमा राम्रोसँग खानेपानी पुग्न सकेको छैन हामीले निरन्तर प्रयास गरिरहेका छौं,’ उनले भनिन्, ‘त्यसको विकल्प भनेको अर्को ट्यांकी निमार्ण गर्नु हो ।

समितिका अध्यक्ष लक्षिराम केसीले गुरुवागाउँ अग्लो स्थानमा रहेकोले पहिले पानी नपुगेको हो । पछि अर्का नयाँ बोरिङ निमार्ण गरे पनि सो बोरिङ गाडेको तर उक्तबाट पनि पानी पु¥याउन सकिएन ।’

गुरुवागाउँमा पानी पठाउन धेरै प्रयास र मेहनत भए पनि त्यो सम्भव नभएको उनको भनाइ छ । ‘अब अग्लो स्थानमा ट्यांकी निमार्ण गर्ने काम सुरु गरेका छौँ,’ उनले भनिन्, ‘निकुञ्ज कार्यालयबाट अनुमति दिएपछि काम सुरु गर्छौँ वार्डेन साप बाहिर गएका कारण ढिला भएको हो । उहाँ आइसक्नु भएको छ ।

संस्थागत अध्ययन गरी ट्यांकी निमार्ण गर्ने अनुमति दिइपछि तिव्र गतिमा काम अघि बढ्छ केसीले भने सो स्थानमा ट्यांकी निमाण गरिएपछि खैरी, गुरुवागाउँका स्थानीयका धारामा पानी पुग्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रबार