बाँके ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको संयोजकमा बाँकेका खेमराज शर्मा चयन भएका छन् ।राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकले शर्मालाई लुम्बिनी प्रदेश संयोजकको जिम्मा दिएको हो ।
बैठकबाट बाँके जिल्ला इन्चार्जमा कुश्माखर बस्याल, सह–इन्चार्ज निर्मला मल्ल र दिपेन्द्र लामा (कालू) चयन गरेको प्रदेश संयोजक शर्माले मिसन टुडे न्यूजलाई जानकारी दिए ।
प्रदेश संयोजक, जिल्ला ईन्जार्ज, सह–ईन्चार्जको जिम्मा पाउनेहरु सबैजना बाँके कोहलपुरका हुन् । प्रदेश संयोजक शर्माले लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी प्रदान गरेकोमा नेतृत्वलाई धन्यवाद दिए ।
‘यो महत्वपूर्ण जिम्मेवारीलाई सङ्गठनको विधान अनुसार इमान्दारी र अनुशासित ढङ्गबाट पूरा गर्नेछु र सदैव सङ्गठनलाई बलियो र मजबुत बनाई सबै साथिहरुको सरसल्लाहअनुसार अगाडि बढाउने प्रयास गर्नेछु’ उनले भने ।
प्रकाशित मिति : २०७९ साउन २६ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्