20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

शिव सेनाका सांसद सञ्जय राउत पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १६, २०७९  

एजेन्सी ।

शिवसेना नेता सञ्जय राउतलाई प्रवर्तन निर्देशनालय (ईडी) ले हिरासतमा लिएको छ। सञ्जय राउतका भाइ सुनील राउतले अधिकारीहरूले सञ्जयलाई दक्षिण मुम्बईको ईडीको कार्यालयमा लगेको जानकारी दिएका छन् ।

ईडीका अधिकारीहरू बिहान सञ्जय राउतको घर पुगेका थिए। अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार ईडीले उनलाई सोधपुछका लागि दुईवटा सूचना पठाएको थियो तर उनी हाजिर भएनन् ।

यसअघि, समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सञ्जय राउतमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको जनाएको थियो ।

यता एएनआईले ईडीले पत्रा चावल जग्गा घोटाला मामिलामा राउतमाथि कारबाही गरेको बताएको छ। सञ्जय राउतको घरमा छापा मारेको खबर आएलगत्तै उनको घरबाहिर समर्थकहरुको भीड लागेको थियो । उनीहरुले नाराबाजी गर्दै ईडीको कारबाहीको विरोध गरेका थिए ।

प्रकाशित मितिः सोमवार, साउन १६, २०७९     8:01:09 AM  |