कविन्द्र परियार
कोहलपुर ,२७ असार
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित चुकेनालामा वडाले लगातार चार वर्ष रकम विनियोजन ग¥यो । बर्खे नालामा तटबन्ध निर्माण र मर्मतका लागि ७० लाख ५० हजार रुपैयाँ खर्च भएको छ । उक्त रकमभन्दा थप यस वर्ष जलस्रोत कार्यालयको १२ लाख रुपैयाँमा तटबन्ध विस्तार गरिएको छ । तर, यसको उपलब्धि अगन्य छ । यति ठूलो लगानी गरेर निर्माण गरिएको तटबन्ध र बेलाबेला गरिएको मर्मत बालुवामा पानी झै भएको छ ।

बर्खे भेललाई छेक्न लगाइएको तटबन्धले भल छेक्नै सकेन । उक्त खहरे नालाले तटबन्ध भत्काएर खेतीयोग्य जमिनमा क्षति पु¥याउँदै आएको छ । ठूलो पानी पर्दा उक्त बर्खे नाला बस्तीसम्मै पुग्छ । जसले यहाँका नागरिकलाई त्रासमा पारेको छ । वडा कार्यालयले २०७४÷०७५ मा पुल निमार्णका लागि ३५ लाख, २०७५÷०७६ मा तटबन्ध निमार्णका लागि ६ लाख ५० हजार, २०७५÷०७६ मा तटबन्ध निमार्णका लागि १२ लाख र २०७६÷०७७ मा तटबन्ध निमार्णका लागि सात लाख र तटबन्ध मर्मत कार्यमा १० लाख रुपैयाँ खर्च गरेको छ । तर, समस्या जस्ताको त्यस्तै छ ।
तटबन्ध व्यवस्थित नहुँदा उक्त नालाको कटानबाट स्थानीय पीडित बनेका छन् । नालाको कटानबाट थुप्रै खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने उक्त वडाको मौवा टोल कटानको उच्च जोखिममा छ । नालाको कटानबाट बुचापुर, खैरी, उदैन क्षेत्रका खेतीयोग्य जमिन कटान हुँदै गएका स्थानीय हरिबहादुर डाँगीले जनाए । उनका अनुसार यस क्षेत्रका बस्तीसमेत जोखिममा छन् ।

स्थानीय देउरुपा ओलीको रोप्न तयारी भएको तीन कठ्टा जग्गा नालाले कटान गरेको छ । ‘धान रोपाइँका लागि तयारी थियौँ,’ उनले भनिन्, ‘तर, बर्खे नालाले जग्गा कटान ग¥यो ।’ यस वर्ष खेतीयोग्य जमिन बगाउँदा उत्पादनमा कमी आउने उनले बताइन् । भीमलाल केसीको आँगन छेउसम्म नालाले कटान गर्न थालेको छ । ‘पहिले केही परैबाट बग्थ्यो । एउटा रुखले नाला छेकेका कारण कटान आँगनसम्म पुगेको छैन,’ उनी भन्छन्, ‘तर, कतिबेला बगाउँछ चिन्ता अत्तोपत्तो छैन ।’ उनीहरुको जस्तै पीडा हिरासिंह थारुको पनि छ । शनिबार आएको बाढी खेतसम्म पुगेको उनको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष महावीर ओलीले आफ्नो कार्यकालमा करिब ७० लाख ५० हजार रुपैयाँ नाला नियन्त्रणमा खर्च गरेको उनले बताए । ‘प्राथमिकतामा राखेर मौवाटोलमा पटकपटक तटबन्ध गरेका थियौं,’ उनले भने, ‘उक्त स्थानमा निमार्ण गरिएको पुल अहिलेसम्म सुरक्षित छ । अन्य संरचना भने बर्सेनि चुकेनालामा आउने बाढीका कारण भत्किन्छ ।’ उक्त नालामा जति तटबन्ध निर्माण तथा मर्मत गरे पनि उपलब्धि नहुने भन्दै उनले भने, ‘उक्त नालालाई सुरुकै स्थानबाट ड्राइभर्सन गरेर नालाको पानी झिझिरी खोलामा फाल्नबाहेक अन्य विकल्प छैन ।’ यहाँको समस्या दीर्घकालीनरुपमा समाधान गर्न यो विकल्प उपयुक्त हुने उनी बताउँछन् ।
ड्राइभर्सनका लागि पहल भए पनि उक्त नाला बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण काम पूरा गर्न नसकिएको उनले बताए । सो तटबन्धसमेत कटानको जोखिमा छ । स्थानीय शिक्षक सागरदत्त गौतमले यस क्षेत्रमा स्थानीय सरकारले लाखौँ लगानी गरेर काम गरे जस्तो देखाए पनि मुख्य समस्या पहिचान गरेर काम नगर्दासम्म नालाले बर्सेनि दुःख दिइरहेको बताए । नाला नियन्त्रणका प्रभाकारी उपाय भनेको चुकेनालालाई ड्राइभर्सन गर्नु भएको उनको भनाइ छ ।
वडाध्य सोहनलाल थारुले मौवा टोलमा यस अघि थुप्रै बजेट खर्च भइसकेको तर, नाला नियन्त्रण हुन नसकेकोले यस वर्ष यहाँ वडाबाट कुनै योजना नभएको बताए । बुचापुर–खैरी–उदैन हुँदै करिब दुई किलोमिटर क्षेत्रमा बग्ने उक्त नालाले भैरी र उदैनका २० देखि ३० घरधुरीको खेत कटान गर्दै आएको छ । नालाले बर्सेनि गर्ने कटानका कारण किसान चिन्तित बन्दै आएका छन् । उक्त नालालाई ड्राइभर्सन गरी झिझिरी खोलामा पानी झार्न स्थानीयको माग छ ।
२०७८ साउनमा हाल नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङलगायतले स्थलगत अनुगमनका क्रममा भनेका थिए, ‘यो समस्या समाधानका लागि पहल गर्छाैं । ड्राइभर्सन यहाँका विकल्प हो । हामी ड्राइभर्सनका लागि सहल गर्छाैं ।’ उक्त नाला बाँके राष्ट्रिय निकुजको ढकेरी मध्यवर्ती क्षेत्रभित्र पर्छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामबहादुर शाहले सामान्य अवस्थामा निकुञ्ज वा मध्यवर्ती क्षेत्रभित्रका नदी नाला ड्राइभर्सन गर्न नमिल्ने बताए । तर त्यसले पार्ने असरका कुरालाई मध्य नजर गरेर स्थानीय सरकारले प्रस्तावको फाइलका रुपमा अघि बढाएमा प्रक्रियागत ढंगबाट त्यस क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) गरेर प्रकृति हेरी नाला ड्राइभर्सन गर्न सकिने उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्