गाउँसभा सम्पन्न भएको अवसरमा आज राप्तीसोनारीमा बिदा दिइयो



कोहलपुर ।

बाँके राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको उपलक्ष्यमा एक दिन बिदा दिएको छ ।

उक्त उपलक्ष्यमा पालिकाको सम्पूर्ण आर्थिक तथा प्रशासनिक कार्य बन्द हुनेगरी आज (बुधबार) बिदा दिइएको हो ।

गाउँसभाको बैठक असार २१ गते सम्पन्न भएको अवसरमा गाउँपालिका कार्यालयमा एक दिनका लागि बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा हस्ताक्षेरित बिदा सूचनामा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार