दुव्र्यसनीहरुलाई परामर्शबिनै समुदायमा पठाउँछ प्रहरी



वीरेन्द्र जैसी । नेपालगन्ज ।

चालु आर्थिक वर्षको हालसम्म बाँकेमा एक सय ८५ जना लागुऔषध कारोबारी र दुव्र्यसनमा रहेका पक्राउ परे । त्यसमध्ये एक सय १२ जनामाथि मुद्दा चलाइयो । तर प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भइहेको लागुआषधविरुद्ध निःशुल्क परामर्श केन्द्रमा भने करिब ४० जना मात्रै पुगे । बाँकी करिब ३३ जना उपचारमा नपठाएरै घर फर्काइए ।

नेपालगन्ज गणेशमान चोकमा रहेको परामर्श केन्द्रमा पूर्णतया निःशुल्क सेवा दिइन्छ । लागुऔषध दुव्र्यसनीमा फसेकाहरुलाई व्यक्ति स्वयम्, अभिभावकले उक्त केन्द्रमा ल्याएर परामर्श र चिकित्सकसहितको उपचार प्राप्त गर्न सक्छन् ।

उक्त केन्द्रमा लागुऔषध दुव्र्यसनीलाई पु¥याउने सबैभन्दा सजिलो माध्यम प्रहरी हो । प्रहरीले पक्राउ गरी ल्याएका व्यक्तिलाई घर वा समुदायमा पठाउनुअघि एकपटक लागुऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्रमा पठाउने गरी केन्द्रको स्थापना गरिएको थियो । तर बाँके प्रहरीले लागुऔषध दुव्र्यसनीलाई केन्द्रमा नपठाएर पुनः जस्ताको तस्तै समुदायमा पठाउँदै आएको यस तथ्यांकले देखाउँछ ।

२०७६ साल माघ २२ गते नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनाल आफू अवकाश हुनु पाँच दिनअघि नेपालगन्ज आएर भव्य कार्यक्रमका बीच उक्त परामर्श केन्द्रको उद्घाटन गरेका थिए । तर, अहिले प्रहरीले नै उक्त परामर्श केन्द्रलाई बेवास्ता गर्दै आएको छ ।

‘निरन्तररुपमा दुव्र्यसनीलाई परामर्श गर्दै उनीहरुलाई दुव्र्यसनीबाट मुक्त गराउने र आवासीय उपचार चाहिनेहरुलाई त्यहीअनुसार सिफारिस गर्नेतिरभन्दा प्रहरीको ध्यान दुव्र्यसनीहरुलाई समात्ने, प्रमाण पुगेमा कारोबारीको मुद्दा दायर गर्ने, नभए फेरि घर पठाइदिनेमै केन्द्रित छ,’ परामर्श केन्द्रका एक स्वयम्सेवक कर्मचारीले भने ।

परामर्श केन्द्रमा अहिले दुईजना प्रहरी र चारजना पूर्णकालीन स्वयम्सेवक परामर्शकर्ता तथा ६ चिकित्सक गरी १२ जना जनशक्ति खटिएका छन् । तर, त्यसको उपयोग गर्नेतिर प्रहरीको ध्यान छैन ।

न नेपालगन्ज उपमहानगरपालिकाले नै त्यसको प्रयोगलाई बढाउने क्रियाकलापमा लगानी गरेको छ । परामर्श केन्द्रमा चालू आर्थिक वर्षमा ७८ जना सेवाग्राही प्रत्येक्ष (आफैँ उपस्थित भएर) सेवा लिन आएका छन् भने ४० जनाले अप्रत्येक्ष (अभिभावकमार्फत) सेवा लिएका छन् । सेवा लिन आएकामध्ये ११ जना सुध्रिइसकेका छन् भने अरु परामर्शमै छन् ।

परामर्श केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशी प्रहरीकहाँ आएका सबै दुव्र्यसनीहरु परामर्श केन्द्र हुँदै घर फर्किनुपर्नेमा त्यसमा केही कमजोरी रहेको बताउँछन् । ‘हामीकहाँ आएका करिब ४० जना प्रहरीबाट आएका हुन् । बाँकी अरु माध्यमबाट सम्पर्कमा आएका हुन्,’ उनले भने ।

यता जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षक चक्रबहादुर डम्मरपाल आवश्यकता हेरि कतिपयलाई परामर्श केन्द्रमा पठाइने गरेको र कतिपयलाई प्रहरी अधिकारीले नै सम्झाइबुझाई गरेर घर पठाउने गरेको बताउँछन् । तर लागुऔषध दुव्र्यसनी सम्झाइबुझाईले मात्रै नछुट्ने भएरै परामर्श केन्द्रको स्थापना गरिए पनि त्यसको प्रयोग राम्ररी हुन सकेको छैन ।

फस्टाउँदै पुनस्र्थापना केन्द्र

अर्काेतिर परामर्श केन्द्रकै सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि छ । अत्यन्त न्यून संख्यामा लागुऔषध दुव्र्यसनीहरु परामर्श केन्द्रमा पुगेका छन् । तर निजी लगानीमा खुलेका लागुऔषध पुनस्र्थापना केन्द्रमा भने दुव्र्यसनीहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
केही वर्षयता सःशुल्करुपमा दुव्र्यसनीहरुको उपचार गरेर दुव्र्यसनमुक्त बनाउने भन्दै स्थापित पुनस्र्थापना केन्द्रहरुको संख्या भने ह्वात्तै बढेको छ ।

केही वर्ष पहिले करिब एक दर्जन हाराहारी रहेका पुनस्र्थापना केन्द्रको संख्या अहिले बढेर २० पुगेको छ । ती केन्द्रहरुमा चालु आर्थिक वर्षमा आठ सय ८७ जना भर्ना भए । त्यसमध्ये ९३ जना महिला थिए । यसरी पुनस्र्थापना केन्द्रमा पुग्ने दुव्र्यसनीहरुमध्ये कति सुध्रिए त्यसको यकिन तथ्यांक कसैसँग छैन ।

दुव्र्यसनीको छैन यकिन तथ्यांक

जिल्लामा कति लागुऔषध दुव्र्यसनी छन् भन्ने यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । करिब ६ वर्षअघि गरिएको एक अध्ययनबाट आएको करिब दुई हजार दुई सयजना कडाखालको लागुऔषध दुव्र्यसनी रहेको भन्ने तथ्यांकलाई नै आधार मानेर कार्यक्रमहरु तय गरिन्छन् । ती कार्यक्रम पनि मूलतः कोठे गोष्ठी लक्षित हुन्छन् । वर्षमा एकाधपटक निश्चित विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिन्छन् ।

सबैभन्दा बढी दुव्र्यसनीमा फस्ने जोखिम हुने विद्यालयमै यस्ता कार्यक्रमको पहुँच छैन । नेपालगन्जका प्रायः विद्यालयको हातामै गुट्खा र सुर्तीजन्य पदार्थदेखि मदिराहरुको बिक्रीवितरण भइरहेको छ । स्थानीय सरकारहरुले पनि यसलाई समस्याको रुपमा स्वीकार गरेको पाइँदैन । नीति तथा कार्यक्रममा युवा पुस्तालाई बिगारीरहेको सबैभन्दा ठूलो समस्या लागुऔषध नियन्त्रण केन्द्रित योजनाहरु नै छैनन् ।

शनिबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाँकेमा चालु आर्थिक वर्षमा आठ सय ९० ग्राम ब्राउन सुगर, १४ दशमलब १५८ केजी चरेस, २४ दशमलब २८ केजी गाँजा, आठ दशमलब चार लिटर कोरेक्स, चार हजार २५ ट्याब्लेट नाइट्रोजेपाम र दुई हजार चार सय ३० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।

गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा ब्राउन सुगर, नाइट्रोजेपाम र ट्रामाडोल बढी बरामद भएको छ । नाइट्रोजेपाम गत आर्थिक वर्षभन्दा तीन गुणा बढी र ट्रामाडोल गत आर्थिक वर्षभन्दा दुई गुणा बढी बरामद भएको छ । गत आर्थिक वर्षमा ब्राउन सुगर पाँच सय ७० ग्राम बरामद भएकोमा नाइट्रोजेपाम एक हजार तीन सय १० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १२ गते आइतबार