बर्दियाको माछागढमा बसको ठक्करबाट एकको मृत्यु



बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिका– ९ माछागढ चोकमा यात्रुबहाक बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प्र. ०१–००१ ख २५८२ नम्बरले बसले शनिबार राती माछागढ चोकमा भे ११ प ७९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर स्थानीय ५० वर्षीय दिलबहादुर केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जनाएको छ ।

गम्भीर घाइते केसीलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजादैं गर्दा बाटोमा नै मृत्यु भएको थियो । बस र त्यसका चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ५ गते आइतबार