कोहलपुर : जिल्लाको कोहलपुर नगरपालिकामा मानव बेचविखन तथा ओसारपोसारविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । कोहलपुर युवा क्लब सञ्जालको आयोजनामा मंगलबार कोहलपुरस्थित न्यरोड चोकमा ‘कचहरी’ नामक सचेतनामुलक नाटक प्रदर्शन गरिएको हो । नाटक वैदेशिक रोजगारका लागि नेपाली युवा कसरी फसाइन्छन् र सामाजिक सञ्जालमार्फत प्रेममा फसेरमा युवायुवती कसरी विदेशमा ओसारपोसारमा पर्छन् भन्ने विषयमा जनचेतनामुलक नाटक प्रदर्शन गरिएका थियो ।

नाटकमा देखिइए अनुसार आफ्नै गाउँ छिमेकका व्यक्तिहरुले रोजगारको खोजीमा रहेका व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी विदेश पु¥याएर ठगिन्छन् । यस्तै सामाजिक सञ्जालको माध्यमबाट युवायुवतीहरुको चिनजान हुन्छ । पछि उनीहरु नजिकिन थाल्छन् । भेट समेत हुन थाल्छ । पछि केटाले विहे गर्ने बाहनामा भारतमा कोठीहरुमा बेचिदिन्छ ।
कोहलपुर युवा क्लब सञ्जालका अध्यक्ष रमेश वर पछिल्लो समयमा विकराल बन्दै गएको मानव बेचविखन तथा ओसारपोसारका विषयमा आमनागरिकलाई जानकारी दिने उद्देश्यले नाटक प्रदर्शन गरिएको बताउँछन् । उनका अनुसार क्लवले यस्तै सामाजिक विषयमा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

उक्त कार्यक्रममा बोल्दै कोहलपुर–११ की अध्यक्ष कल्पना शर्माले समाजमा रहेका विकृति र विसंगतिको अन्त्यको लागि सम्पूर्ण नागरिक समाज, युवा, महिला तथा स्थानीय सरकार एकजुट हुनुपर्नेमा जोड दिए । उनले वडा नम्बर ११ सामाजिक विकृतिविरुद्ध अधै गम्भीर रहेको बताइन् । सडक नाटक प्रदर्शन कार्यक्रम कोहलपुर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिना थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
सडक नाटक प्रदर्शनको प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवले आर्थिक सहयोग तथा साझेदारी गरेका थिए । नाटक नाटक प्रदर्शनमा क्लवका पदाधिकारी,कोहलपुर र बैजनाथमा रहेका विभिन्न किशोरी क्लबका सदस्यहरु त्था स्थानीयहरुको सहभागिता रहेको बाँके युनेस्को क्लवकी फिल्ड सुपर भाइजर आशा गुरूङले बताइन् ।









प्रतिक्रिया दिनुहोस्