कोहलपुर : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित साना किसान कृषि सहकारी संस्था महादेवपुरीले राप्तीसोनारीका ४ सय ५० जना लाई वित्तीय साक्षरता तालिम दिएको छ । संस्थाले गत जेठ १५ गतेदेखी सुरु गरेको वित्तीय साक्षरता अभियान अन्तर्गत आईतबार राप्तीसोनारी २ राजपुरमा तालिमको समापन गरेको छ ।

सो अभियानका क्रममा संस्थाले राप्ती सोनारी गाउँपालिका वडा नं १,२,८ र ९ वडाका २६ वटा अन्तर समुहका ४ सय ५० समहका अध्यक्षहरुलाई तालिम प्रदान गरिएको सहकारी संस्थाले जनाएको छ । तालिमको समापन सत्रमा बोल्दै सहकारीका संचालक समिति सदस्य कर्ण बहादुर खड्काले तालिममा सिकेको कुराहरु समुह अध्यक्षहरुले अन्य सदस्यहरुलाई समेत सिकाउनु पर्ने बताए ।
तालिम पश्चात प्रतिक्रिया दिदै तालिमकी सहभागी राप्तीसोनारी २ की राधिका बिकले तालिमबाट वित्तीय साक्षरता बारे निकै महत्वपुर्ण कुराहरु सिकाई भएको बताइन । त्यस्तै अर्की सहभागी कल्पनाले खत्रीले तालिमबाट समुहमा बचत तथा ऋण लगानी प्रक्रियाका बारेमा महत्वपुर्ण सिकाई भएको बताईन ।
तालिममा सहकारीमा आवद्ध समुहमा बचत कसरी गर्न सकिन्छ ,ऋण लगानी प्रक्रिया , व्याजदर लगायतका विषयमा जानकारी गराइएको थियो । तालिमको संस्थाका अध्यक्ष देव बहादुर वली,संस्थाका मुख्य प्रबन्धक हरिश केसी बैकिङ्ग सहायक नारायण खनाल लगायतकाले सहजीकरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्