नेपाल कृषिप्रधान देश हो । क्षेत्रफलको हिसाबले देश सानो भए पनि नेपालमा जैविक विविधताको प्रचूरता रहेको छ । हाम्रा पुर्खाहरुले समूचित उपयोग गरी यो विविधतालाई बचाइराखेका थिए । तर विगत केही दशकदेखि आधुनिकीकरण र विकासको नाममा नेपालका जैविक विविधतामाथि अत्यधिक दोहन भइरहेको छ ।
बढी उत्पादन लिने नाममा रैथाने बीउविजनहरु नास हुँदै गइरहेका छन् भने, कतिपय बालीका स्थानीय जातहरु लोप भइसकेका छन् । उत्पादन वृद्धि गर्ने हेतुले वर्णशंकर जातहरुको प्रयोगमा अभ्यास बढ्दै जाँदा विदेशबाट बीउ नआए हाम्रा खेतबारी बाँझो रहने अवस्थामा आइरहेको छ ।
वर्णशंकर जातहरुको प्रयोगसँगै गोठेमल, हरियो मलजस्ता प्रांगारिक र माटो सुधार गर्ने मलहरुको प्रयोग अत्यन्त कम हुँदै गइरहेको छ । अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले कृषि उत्पादन लागत वृद्धि हुँदै गएको छ जसले गर्दा नेपाली किसानहरु खेतीपातीतिर आकर्षित हुन छाडेका छन् भने मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर पर्दै गइरहेको छ ।
अर्कोतर्फ नेपालमा पत्रु खानाको अभ्यास बढ्दै गइरहेको छ । पोषण सुरक्षाको लागि काम गर्दै आएको एक अन्तराष्ट्रिय संस्था, हेलेन केलर इन्टरनेसनलका अनुसार काठमाडौं उपत्यकाको १२ देखि २३ महिनाभित्रका ८० प्रतिशत बालबालिकाहरुले यस्ता व्यावसायिक उत्पादनका पत्रु प्याकेट खानाहरु जस्तै चाउचाउ, बिस्कुट, क्याण्डी चिनी मिश्रित सिरियल्सहरु, पेय पदार्थहरु आदि खाने गरेको पाइएको छ ।
व्यावसायिक उत्पादनका यस्ता प्याकेट खाना तथा पेय पदार्थहरुमा हुने उच्च मात्रामा चिनीको अंश र हानिकारक सोडियमको मिसावटले गर्दा बालबालिकाहरुको शारीरिक र मानसिक विकासका लागि नभइ नहुने पोषक तत्वको उपलब्धतामा अवरोध पु¥याउँछन् । नेपालमा १२६ भन्दा बढी जातजाति समुदायहरु बसोबास गर्दछन् । हरेक समुदायका आआफ्ना मौलिक खाना र संस्कृति रहेका छन् ।
लुम्बिनी प्रदेशमा पनि विभिन्न जातजाति तथा भाषाभाषी समुदायको बसोबास रहेको छ । यस क्षेत्रमा विशेष गरी थारु समुदायको बाहुल्यता रहेको छ भने मगर, क्षेत्री ब्राहण, अगत, लोपोन्मुख जाति सोनाह, खुनाह, कुमाल र बनकरिया जस्ता जातिहरुको बसोबास यसै प्रदेशमा रहेको पाइन्छ । आधुनिक विकासका कारण मानिसको जीवनशैलीमा समेत परिवर्तन आएको छ । यसको असर नेपाली खाना संस्कृतिमा समेत पर्दै गएको छ । जसको कारण हाम्रा मौलिक खानाहरु बिस्तारै हराउँदै र लोप हुँदै जाने अवस्थामा छन् ।
नेपाली हावापानीमा उत्पादित खाद्य वस्तुहरु स्वास्थ्यका लागि अति फाइदाजनक छन् । नेपाली रैथाने खाना विदेशी पर्यटकहरुको रोजाइमा पर्दै गइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ ।
कतिपय खानासँग संस्कृतिको अन्तर सम्बन्ध रहने भएकाले मौलिक खानाहरु लोप भए हाम्रा मौलिक संस्कृतिहरु समेत लोप भएर जाने अवस्था सिर्जना हुन्छ । भोजन पर्यटन आर्थिक विकासको दह्रो आधार हो । तसर्थ यस विषयमा समुदायस्तरदेखि नीति निर्माण तहसम्म बुझ्न आवश्यक छ । होमस्टेको माध्यमबाट केही हदसम्म स्थानीय मौलिक खाना र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने कार्यमा मद्दत पुगेको छ ।
समुदायको आर्थिकस्तर वृद्धिको आधारहरुमध्ये रैथाने खाना संस्कृति पनि एक भएकाले लुम्बिनी प्रदेशमा पनि समुदाय विशेष महŒवपूर्ण खाना परिकार अनि खाना संस्कृतिको अध्ययन, अनुसन्धान र अभिलेखिकरण हुन जरुरी छ ।
यसै विषयलाई मध्येनजर गर्दै पर्यटन डिभिजन कार्यालय कोहलपुरको आर्थिक सहयोग र रैथाने एग्री प्रडक्टस् नेपालको प्राविधिक सहयोगमा बाँके जिल्लाको गाभरभ्याली सामुदायिक होमस्टेमा दुई दिने मौलिक भोजन मेला आयोजना गर्न लागिएको छ ।
कार्यक्रमको लक्ष्य
यस कार्यक्रमको प्रमुख लक्ष्य लुम्बिनी प्रदेशमा मौलिक (रैथाने) खानाहरुको प्रर्दशनी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने रहेको छ ।
उद्देश्य
यस कार्यक्रमको प्रमुख उद्देश्य लुम्बिनी प्रदेशका मौलिक (रैथाने) खानाहरु र बनाउने विधिहरुको अध्ययन, अभिलेखीकरण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु हो । यस कार्यक्रमका अन्य विशिष्ट उद्देश्यहरु निम्नानुसार छन् ।
मौलिक खाना मेला सञ्चालन गरी लुम्बिनी प्रदेश मातहतका समुदाय विषेश मौलिक (रैथाने) खानाहरुको पहिचान र प्रर्वदन गर्ने ।
प्रदर्शनीमा राखिएका महŒवपूर्ण मौलिक खानाहरुको अभिलेखिकरण गर्ने । अभिलेखित समुदाय विषेश मौलिक खानाहरुको संक्षिप्त विवरण, पकाउने तरिका र महŒवसहितको मुखपत्र र पाश्र्व चित्र बनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी लुम्बिनि प्रदेशमा पर्यटन प्रवद्र्धन र विस्तारमा टेवा पु¥याउने ।
समुदाय विशेष मौलिक खानाहरुको फोटो प्रोफाइल तयार गर्ने ।
चित्र मान्यता तथा अवधारणा
समावेशीता
यस मौलिक खाना मेलामा लुम्बिनी प्रदेशअन्तर्गतका समुदायहरु तथा लोपोन्मुख जातिहरुको खाना परिकार तथा बनाउने विधि र खाना संस्कृतिसम्बन्धी प्रदर्शनी गरिनेछ ।
वातावरणमैत्री
यस मेलामा सञ्चालन गरिने सम्पूर्ण गतिविधिहरु वातावरणमैत्री हुने छन् । मेलास्थलमा प्लास्टिकजन्य वस्तुहरुको प्रयोग गरिने छैन । प्रदर्शनीमा मौलिक कृषिउपजहरु प्रयोग गरिएको खानालाई मात्र समावेश गरिने छ । स्थानीयस्तरमा उपलब्ध स्रोतहरुको प्रयोगबाट बनेका सामाग्रीहरु जस्तै दुना, टपरीको प्रयोग गरिने छ ।
खानाको पहिचान र अभिलेखिकरण
लुम्बिनि प्रदेशअन्तर्गतका समुदाय विषेशको खानाहरुको पहिचान गरी अभिलेखिकरण गरिनेछ । जस्ले यस क्षेत्रका मौलिक खाना, रैथाने प्रजातिका कृषि बालीहरुको संरक्षण र प्रर्वद्धनमा सहयोग पुग्न गई स्थानीय समुदायको आयआर्जनमा सुधार हुने छ ।
प्रतिक्रिया दिनुहोस्