बाँकेको खजुरा ग्रामीण परिवेशबाट बिस्तारैबिस्तारै सहर उन्मुख हुँदै छ । खजुरा–नेपालगन्जको कुनै समय प्रमुख यातायातको सवारीसाधन टाँगा थियो । हामी खजुरा–नेपालगन्ज गर्न हजारौंपटक टाँगा चढियो । खजुराको मुख्य बजार क्षेत्रमा टाँगा स्टेसन कै लागि भनेर छुट्याइएको थुप्रै जग्गा थियो, जुन कालान्तरमा व्यक्तिगत बन्न पुग्यो ।
टाँगा खजुराको लाइफलाइन थियो । बिरामीदेखि गर्भवतीसम्मलाई टाँगामा नै भेरी अञ्चल अस्पताल पु¥याइन्थ्यो । चुनावको प्रचारप्रसार गर्ने प्रमुख सवारीसाधन पनि टाँगा नै थियो । २०५४ को स्थानीय निकाय (गाविस) को चुनावमा पनि टाँगामा माइक लगाएर प्रचारप्रसारमा हिँडेको सम्झना ताजै छ, भने बोर्डिङ स्कुलहरुले समेत टाँगामा नै विद्यार्थी ल्याउने पु¥याउने गर्थे तर आज खजुरामा टाँगा एकादेशको कथा बनिसक्यो ।
खजुरा विमानस्थलमा जहाज चढ्न आउनेहरु हुन वा अन्यत्रबाट खजुरा विमानस्थलमा ओर्लिएर आआफ्नो टाढाको गन्तव्य फर्केनेहरु हुन् उनीहरु पनि टाँगा नै चढ्ने गर्थे । ६० को दशकमा आइपुगेपछि खजुराबाट टाँगा विस्थापित भयो, अनि विक्रम टेम्पोको युग सुरु भयो ।
रुपान्तरणको गतिमा अगाडि बढ्दै जाँदा अहिले खजुरा नवउदयी सहर बन्ने सबै मापदण्ड पूरा गरिसकेको छ । लडिया, टाँगा, साइकल, नगरबस, विक्रम टेम्पो, म्याजिक भ्यान हुँदै अटो र प्रशस्त निजी चार पांग्रे र दुई पांग्रे सवारीसाधनले भरिएको छ, खजुरा ।
अब खजुराले विकास र समृद्धिको रफ्तार भने हाइगियरमा लैजानु अनिवार्य नै छ । खजुरालाई समुन्नत र सम्पन्न बनाउन कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद र व्यावसायिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ । साथसाथमा पूर्वाधार निर्माणमा उचित ध्यान जानु पर्ने देखिन्छ ।
कृषि र खजुरा
खजुरा गाउँपालिकाको मेरुदण्ड नै कृषि हो । त्यस कारण कृषि क्षेत्रको सवलिकरण र कृषकमुखी बजेट निर्माणमा खजुराको ध्यान जान जरुरी छ । विशेष गरी धान-गहुँ र दलहन बाली तथा तरकारी खेती र पशुपन्छीपालन र त्यसको उत्पादनमा विशेष योजना र अनुदान दिइ अगाडि बढे कृषिबाट खजुरालाई आत्मनिर्भर बनाउन सकिन्छ र यहाँको उत्पादन खजुरालाई पूरा भइ बाँकिरहेको उत्पादन सजिलोसँग नजिकै रहेको जिल्लाकै सदरमुकाम र मुख्य बजार नेपालगन्ज पु¥याउन सकिन्छ ।
दुग्ध उत्पादन, कुखुरा, तरकारी र धान गहुँ खजुराले आफूलाई पूरा गरेर बाहिर पठाउन सक्ने अवस्था छ, भने तरकारी पनि खजुराबाट राम्रो उत्पादन हुँदै आएको छ । खजुरासँग जोडिएको कृषि अनुसन्धान केन्द्र, कुखुरा विकास फार्मलगायत कृषिसँग जोडिएका आधा दर्जन बढी सरकारी कार्यलय खजुरासँगै जोडिएका छन् ।
यहाँ रहेका विशेषज्ञहरु बाट आवश्यक सल्लाह, सुझाव र सीप र ज्ञान लिएर कृषि क्षेत्रमा खजुराले राम्रो फड्को मार्ने सम्भावना धेरै नै छ । खजुरा गाउँपालिकाले अघि सारेको कृषिमा आधारित ‘ग्रीनसिटी’ को परियोजना खजुरामा भिœयाउन सके १० वर्षभित्रमा खजुरामा ठूलो परिवर्तन देख्न पाइनेछ ।
स्वास्थ्य र खजुरा
खजुरालाई चलाएमान बनाउने अर्को पाटो हो स्वास्थ्य । खजुरामा नै स्तरीय अस्पताल भए खजुरावासीले स्वास्थ्यका नाममा पैसा बाहिर खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ ।
साधारण बिरामीलाई सेवा दिन अहिले खजुरा गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ केन्द्र र एउटा पिएचसी छ, भने खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विशेषज्ञ सेवासहित ओपिडी सेवासमेत प्रदान गर्दै आएको छ । जहाँ धेरै प्रकारका विशेषज्ञ डाक्टरहरु बाट सेवा प्रदान हुँदै आएको छ ।
खजुरामा रहेको क्यान्सर अस्पतालमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशसँगै मित्रराष्ट्र भारतको उत्तर प्रदेशबाट समेत विशेषज्ञ सेवा लिन आउने बिरामी र उनीहरुको साथमा आउने सेवाग्राही कारण खजुराको चहलपहल बिस्तारै बढ्दै जाने छ, भने आर्थिक गतिविधिसमेत स्वास्थ्य सेवाबाट केही मात्रामा वृद्धि हुँदै जानेछ । त्यसैले खजुराको समृद्धिको यात्रामा क्यान्सर अस्पताल कोशेढुंगा बन्नेछ ।
शिक्षा र खजुरा
शिक्षा सबै ठाउँका लागि महŒवपूर्ण हुन्छ । पालिकाको शैक्षिक इन्डेक्स राम्रो देखिए पक्कै पनि पालिका उत्कृष्ट बन्ने कुराको संकेत त्यसले गर्ने छ । पालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयको अवस्था राम्रो रहने र ती विद्यालयहरुबाट गुणस्तरीय शिक्षा प्रवाह भए पालिकाले उत्कृष्ट जनशक्ति प्राप्त गर्ने छ । जसबाट पालिकालाई मात्रै होइन सिंगो मुलुकलाई फाइदा पुग्ने छ ।
खजुरा गाउँपालिकाको शैक्षिक अवस्था हेर्दा जिल्ला तहमा राम्रो नै देखिएको छ, माध्यमिक तहमा अध्ययनका लागि अझै करिब एक हजार विद्यार्थी खजुराभन्दा बाहिर जाने गरेको अवस्था अहिले पनि छ । त्यसबाट लाखौं रुपैयाँ मासिकरूपमा बाहिरिने गरेको छ ।
त्यसलाई रोक्न सामुदायिक र संस्थागत दुवै विद्यालयहरुमा व्यापकरूपमा शैक्षिक सुधार गरिनु आवश्यक छ । प्राविधिक धारतर्फका शैक्षिक संस्थाहरु भिœयाउन जरुरी छ । जसमार्फत खजुराले शिक्षाको माध्यमबाट बाहिरी क्षेत्र र जिल्लाका मानिसहरुलाई अध्ययनका लागि खजुरा आउन आकर्षण गर्नेछ ।
अहिले खजुरामा सञ्चालनमा आएको बिएससी एजीको क्याम्पस तह सञ्चालनले खजुरालाई नयाँ शैक्षिक गन्तव्यका रूपमा उभ्याएको छ । खजुरामा विश्व विद्यालय सञ्चालनको तयारीले थप केही आशा उब्जाएको थियो । फेरि विश्वविद्यालय सर्ने कुरा खजुरा र सिंगो बाँके जिल्लाकै लागि घाटाको विषय बन्ने छ । शिक्षा क्षेत्र खजुराको समृद्धिको एउटा महŒवपूर्ण आधार हो ।
खेलकुद र खजुरा
खजुरा विगतका दिनबाट नै खेलकुद क्षेत्रमा चर्चित ठाउँ हो । हिजो सागमा खजुराबाट एथलेटिक्सतर्फ केशमाया श्रीसदेखि आज जुडो कि सोनिया भट्टको ओलम्पिक यात्राले खजुरालाई देशभरि चिनाएको छ, भने फुटबल खेलमा खजुराका क्लबहरु र खेलाडीहरुले जिल्लामा राम्रो स्थान बनाएका छन् ।
सितापुर रंगशाला र डी गाउँको मिनी रंगशालाले जिल्ला सदरमुकाम बाहिर तयार हुँदै गरेका उत्कृष्ट पूर्वाधार हुन् । सितापुरमा रहेको भलिबल स्टेडियम जहाँ राष्ट्रियस्तरको प्रधानमन्त्री कप भलिबल प्रतियोगिता भइसकेको छ, भने डी गाउँको खेलमैदानमा समेत राष्ट्रियस्तरको नेपालगन्ज गोल्डकप सम्पन्न भएको छ ।
यी दुई ठाउँको पूर्वाधारमा क्रमशः लगानी गर्दै गए नेपालगन्ज बाहिर बाँके जिल्लामा खेल गतिविधि हुने स्थानका रूपमा खजुरा उत्कृष्ट बन्ने छ र खेलकुदका माध्यमबाट खजुराले उत्कृष्ट पालिका बन्ने बाटोमा अगाडि बढ्ने छ । साथै राम्रो भौतिक पूर्वाधार तयार हुँदा भोलिका दिनमा राम्रा खेलाडीहरु खजुराबाट नै उत्पादन हुँदै जाने छन् ।
व्यापार व्यबसाय र खजुरा
खजुराको विकास र सम्मुन्न्तीको एउटा आधार यहाँ हुने व्यापार, व्यवसाय र उद्योग तथा कलकारखाना पनि हुन् । खजुरा बाँके जिल्लाकै एउटा महŒवपूर्ण गल्लामन्डीका रूपमा स्थापित छ । खजुरामा बर्दियासम्म बाट गल्ला बिक्रीका लागि किसानहरु आउने गर्छन् । धान, गहुँ, अढहर, चना, मसुरोलगायतको कारोबार खजुरामा हुँदै आएको छ ।
खजुरामा रहेका चामल मिलबाट जिल्ला बाहिरसमेत प्रत्यक वर्ष चामललगायतका खाद्यान्न विक्रीवितरण हुँदै आएको छ । यसबाट खजुराको अर्थ व्यवस्था चलायमान बनाउन टेवा पुगेको छ । खजुरा स–साना उद्योग कलकारखानाहरुले पनि खजुरालाई चलाएमान बनाएका छन् र स्थानीय आवश्यकता पूरा गर्न मद्दत पु¥याएका छन् ।
पानी उद्योग, सरफ साबुन उद्योग, मरमसला उद्योग, कागजको कार्टुन उत्पादन गर्ने उद्योगहरुले केही रोजगारीको सिर्जना गर्दै खजुराको आर्थिक गतिविधि बढाएका छन् । अर्को महŒवपूर्ण उद्योगका रूपमा खजुरामा इँटा उद्योगले स्थान लिएका छन् ।
खजुरामा उत्पादन भएका इँटाहरु लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म पुग्ने गरेका छन् र यी उद्योगहरुबाट खजुरामा आर्थिक गतिविधि बढेको छ, भने यसमा काम गर्ने कामदारहरु स्थानीयलाई तयार गर्ने सके थप रोजगारी सिर्जना हुनुका साथै ठूलो मात्रामा कामदारबापत भारत जाने रकम स्वदेशमै रोक्न सकिन्छ ।
व्यापार, व्यवसाय र उद्योग कलकारखाना खजुराको समृद्धिका महŒवपूर्ण आधार हुन् । खजुरामा अब पूर्वाधारमा थप लगानी गर्दै अगाडि बढे खजुरा गाउँपालिकालाई एउटा सवल, सक्षम र उत्कृष्ट गाउँपालिका बनाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्